Headline

कोन्टेको माग ठुलो भएका कारण पछि हट्यो टोटनह्याम

Published

on

प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरले इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेको मागहरु पुरा गर्न नसक्ने भए पछि क्लबले बार्ता रद्ध गरेको बेलायति संचार मध्यामहरुले लेखेका छन् ।

५१ वर्षिय कोन्टेलाई जोसे मोउरिन्होको बर्खस्ती पछि टोटनह्यामले क्लबमा भित्र्याउन निकै लामो छलफलहरु गरेको थियो । समाचारहरु अनुसार कोन्टेको तलब र भत्तै धेरै भएको र उनलाई दिएको ट्रान्सफर रकम पनि काम भएका कारण टोटनह्याम पछि हटेको थियो ।

कोन्टेलाई एक उपाधि सिकारी नामले चिनिन्छ । उनी कुनै पनि क्लबलाई च्याम्पियन बनाउन सक्ने प्रशिक्षकको रुपमा चिनिन्छन् । कोन्टे पुर्व युभेन्टस, चेल्सी र इन्टर मिलानका प्रशिक्षक हुन् ।

उनले हालै मात्रै इन्टर मिलानसँग आफ्नो तलब नघटाऊने निर्णय गरेसँगै क्लबसँग सम्बन्ध तोडेका थिए । उनले इन्टरलाई पहिलो सिजन युरोपा लिगको फाइनलमा पुर्याएका थिए भने अर्को सिजनमा सेरी आ को उपाधि जिताएका थिए ।

टोटनह्यामले कोन्टेसँग सम्झता गर्न नसके पछि उसले फेरी आफ्नो पुरानो प्रशिक्षक मोउरिसियो पोच्चेटिनोलाई अर्को एउटा प्रस्ताव राख्ने फ्रेन्च मिडियाहरुले बताएका छन् ।

 

Click to comment

Trending