Headline

बिश्वकप छनोटः ब्राजिलको उत्कृष्ट लय कायम, नेमारको गोल

Published

on

२०२२ को बिश्वकप दक्षिण अमेरिकी छनोटमा आफ्नो उच्च लयलाई कायमै राख्दै ब्राजिलले लगातार पाचौ जित हात पारेको छ ।

घरेलु मैदानमा शुक्रबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले पराजित गर्यो । रिचार्लिसनले अग्रता दिलाएपछि नेमारले इन्जुरी समयको अन्तिम मिनेट तिर पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरेका थिए ।

नेमारले गोल गर्न भिडियो असिस्टेन्ट रेफ्रिको नाटकीय भुमिका रह्यो । रेफ्रि एलेक्सिस हेरेराले ग्याब्रियल जिजसमाथि फउल भएको भन्दै शुरुमा फ्रि–किक दिएका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहेको थियो ।

तर भिडियो असिस्टेन्ट रेफ्रिले चार मिनेट लगाउदै ब्राजिललाई पेनाल्टी दिइएको थियो । पेनाल्टी प्रहार गर्न आएका नेमारको प्रहारलाई गोलकिपर एलेक्जेण्डर डोमिन्ग्वेजले बचाएपनि उनले पहिलो नै आफ्नो स्थान छोडेको भन्दै फेरि अर्को मौका दिइएको थियो ।

दोश्रो पटक नेमारले सहज गोल गरेका थिए । खेल ७५ प्रतिशत आफ्नो नियन्त्रणमा लिएको ब्राजिले कुनै पनि समय इक्वेडरलाई खेलमा फर्कने मौका दिएको थिएन । रिचार्लिसनले २० मिनेटपछि नै नेमारको फ्रि–किकमा गोल गर्न चुकेका थिए ।

६४ औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि इक्वेडर पूर्ण रुपमा खेलमा हावी भएको थियो । ब्राजिलले छनौट चरणको अंक तालिकामा दोश्रो स्थानको अर्जेन्टिनामाथि चार अंकको अग्रता लिएको छ । बिहिवार चिलीसँग बराबरी गरेको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक रहेको छ । इक्वेडरको ९ अंक छ भने पाराग्वे, उरुग्वे र कोलम्बियाको समाना ७ अंक रहेको छ ।

दक्षिण अमेरिकी छनोटबाट शिर्ष चार स्थानमा रहने टोली सिधै बिश्वकपका लागि छनोट हुने छ भने पाचौं स्थानको टोलीले प्ले अफबाट मौका पाउन सक्नेछ ।

ब्राजिलले मङ्गलवार पाराग्वेसँग खेल्नेछ भने इक्वेडरले घरमा पुछारमा रहेको पेरुलाई स्वागत गर्नेछ । लगत्तै जुन १३ देखि कोपा अमेरिका ब्राजिलमा नै शुरु हुनेछ ।

Click to comment

Trending