Headline

इटालीद्वारा चेक रिपब्लिक फराकिलो अन्तरले पराजित

Published

on

युरो कप अघि भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले चिलीलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

इटालीको जितमा सिरो इमोबिले, निकोलो बरेल, लोरेन्जो इन्सिग्ने र डोमेनिको बेरार्डीले गोल गरे । इटालीले इमोबिलेको गोल मार्फत अग्रता लिएको हो । खेलको २३ औ मिनेटमा इमोबिलेले गोल गरेका थिए ।

पहिलो हाफको ४२ औ मिनेटमा योर्गीनोको पासलाई सदुपयोग गर्दै बरेलले इटालीको लागि दोश्रो गोल गरे । पहिलो हाफमा २–० को अग्रता लिएको इटालीले दोश्रो हाफमा पनि लगातार रुपमा आक्रमण गरिरह्यो ।

दोश्रो हाफको ११ औ मिनेटमा इन्सिग्नेले इटालीको लागि तेश्रो गोल गरे । इमोबिलेले उनलाई वान भर्सेज वानको अवस्थामा सेट गरेपनि इन्सिग्नेले उत्कृष्ट फिनिसिङ गरेका थिए ।

७३ औ मिनेटमा इन्सिग्नेले दिएको पासलाई बेरार्डीले गोल गर्दै इटालीलाई ४–० को फराकिलो अग्रता दिलाए । त्यस पछि दुबै टोलीले आक्रमणका प्रयास गरे पनि थप गोल हुन सकेको थिएन ।

खेल अवधिभर इटालीले ६२ प्रतिशत भन्दा बढी बल आफ्नो कब्जामा राखेको थियो । इटालीले खेलमा कुल १३ प्रयास गर्यो भने चेकले चार प्रयास भन्दा गर्न सकेन ।

Click to comment

Trending