अन्तर्राष्ट्रिय

युरो कप अघि रोनाल्डोको पोर्चुगल स्पेनसँग बराबरीमा रोकियो 

Published

on

युरो कप सुरु हुनु अघि भएको स्पेन र पोर्चुगल बीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा सकिएको छ । दुबै टोलीले गोल गर्न नसक्दा बराबरीमा सकिएको हो ।

 खेलमा स्पेन हाबी भए पनि उ गोल गर्न असमर्थ रह्यो । खेलमा स्पेनले ६५ प्रतिशत भन्दा पनि बढी बल आफ्नो पक्षमा राख्न सफल भए पनि गोल गर्न सकेन । स्पेनको अघि स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको पोर्चुगल निमुखा देखियो ।

 स्पेनले सातवटा प्रायश गर्दा पोर्चुगलले भने तीन वटा मात्र गोलको प्रयास गर्न सक्यो ।

 स्पेन र पोर्चुगल बीचको ३८ औं खेलमा यो १६ औं बराबरी हो । स्पेनले १६ खेलमा जित दर्ता गर्दा पोर्चुगलले भने छ खेलमा मात्र जित हात पार्न सकेको छ ।       

   

Click to comment

Trending