अन्तर्राष्ट्रिय

नेदरल्यान्ड्स माथि आयरल्याण्डको सहज जित 

Published

on

दोश्रो एकदिवसीय खेलमा घरेलु टोली नेदरल्यान्ड्स माथि आयरल्याण्डले आठ विकेटको सहज जित हात पारेको छ । यस जितसँगै पहिलो खेलमा एक रनको नमिठो हारको सामना गरेको आयरल्याण्डले तीन खेलको शृंखला १-१ को अवस्थामा पुर्याउन सकेको छ ।

क्रेग योङ र जश लिटलले घातक बलिङ गरे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर १५७ रनको सानो योगफल बनाउन सक्यो भने जबाफी ब्याटिङ गरेको आयरल्याण्डले ४२ बल अगावै दुई विकेटको नोक्सानीमा जित दर्ता गर्यो ।

आयरल्याण्डको जितमा ब्याटिङ तर्फ कप्तान एन्डी बलबिर्नीले अविजित रहँदै सर्वाधिक ६३ रन बनाए भने ओपनर पौल स्टिर्लिङले पनि ६४ बलमा ५२ रनको पारी खेले । ओपनर विलियम पोटरफिल्ड शून्य रनमा आउट भने भने ह्यारी टेकटरले पनि अविजित ३० रनको योगदान दिए ।

नेदरल्यान्ड्सको लागि ओपनर म्याक्स ओ’डाउडले सर्वाधिक ३६ रन तथा बास डे लिडे र स्कट एडवार्डस्ले समान २३-२३ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा सानो योगफलमा नै समेटिन पुग्यो ।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्ने क्रममा खेलको म्यान अफ द म्याच घोषित जश लिटल क्रेग योङले समान ४-४ विकेट हात पारे । योङले नौ दशमलब दुई ओभरमा १८ रन तथा लिटलले १० ओभरमा ३९ रन खर्चिए ।  

नेदरल्यान्ड्स र आयरल्याण्ड बीचको तेश्रो तथा निर्णायक खेल सोमबार हुनेछ ।      

 

Click to comment

Trending