अन्तर्राष्ट्रिय

रशिद खानले लत्याए अफगानिस्तानको कप्तान बन्ने प्रस्ताव 

Published

on

लेग स्पिनर रशिद खानले अफगानिस्तान क्रिकेट बोर्डले ट्वान्टी ट्वान्टीको लागि गरेको कप्तान बन्ने प्रस्ताव लत्याएका छन् । 

रशिदले आफू कप्तानका रुपमा भन्दा पनि खेलाडीका रुपमा राम्रो हुने भन्दै बोर्डको प्रस्ताव अस्वीकार गरेका हुन् ।

‘म यो कुरामा प्रष्ट छु कि म खेलाडीको रुपमा अफगानिस्तान टोलीलाई धेरै दिन सक्छु,’ २२ वर्षीय खानले भने । ‘म उपकप्तानका रुपमा नै बढी खुशी छु । आवश्यक परेको खण्डमा म कप्तानलाई सहयोग गर्न तयार पनि छु ।मेरो विचारमा म कप्तानको पद भन्दा टाढा नै बस्न उपयुक्त हुन्छ ।’     

‘म खेलाडीको रुपमा नै आफ्नो टोलीलाई धेरै दिन चाहन्छु । मेरो प्रदर्शन नै महत्वपूर्ण हुन्छ सायद कप्तानका रुपमा भन्दा पनि बलरको रुपमा । म कप्तानका रुपमा लिने बोझ भन्दा पनि बलरका रुपमा लिने बोझमा बढी खुशी छु ।’ 

‘सायद कप्तानका रुपमा तयार हुनका लागि पनि समय लाग्दछ । अहिलेको अवस्थामा विश्वकप नजिक आउँदै छ र कप्तानी सम्हाल्दा मेरो प्रदर्शन खस्कने पनि डर छ ।’ 

दुई दिन अघि मात्र अफगानिस्तान क्रिकेट बोर्डले अस्गर अफगानलाई कप्तानबाट बर्खास्त गरेको थियो ।  अफगानको स्थानमा बोर्डले मध्यक्रमका ब्याट्सम्यान हस्मतुल्लाह शाहिदीलाई टेस्ट र एकदिवसीयको कप्तान तथा रहमत शाहलाई उपकप्तान नियुक्त गरेको थियो । ट्वान्टी ट्वान्टीमा भने त्यस समय कप्तान नियुक्त नगरेको बोर्डले रशिदलाई कप्तान नियुक्त गर्ने चर्चा चलेको थियो ।

इंग्ल्यान्ड र वेल्समा सन् २०१९ मा सम्पन्न विश्वकप भन्दा मात्र दुई महिना अघिमात्रै अफगानिस्तान क्रिकेट बोर्डले अफगानलाई बर्खास्त गर्दै एकदिवसीयमा गुलाबदिन नैबलाई तथा टेस्ट र ट्वान्टी ट्वान्टीमा रशिद खानलाई कप्तान नियुक्त गरेको थियो । विश्वकप अघि अफगानलाई बर्खास्त गरेको भन्दै रशिद र मोहम्मद नाबीले बोर्डको खुलेरै विरोध गरेका थिए । 


 

Click to comment

Trending