Headline

ताइपेइ विरुद्ध नेपाली टोलीमा दुई परिवर्तन, सुनिल र आशिष शुरुवाती ११ मा

Published

on

विश्वकप छनोट तथा एसिया कप छनोट अन्तर्गत नेपालको शुरुवाती ११ मा दुईवटा परिवर्तन भएको छ । इराक विरुद्ध खेलेका मनिष डाँगी र नवयुग श्रेष्ठको स्थानमा सुनिल बल र आशिष लामाले स्थान बनाएका छन् ।

नेपालले कागजमा ४-३-३ को फर्मेसन उतारेको छ ।

नेपाली राष्ट्रिय टोलीले विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट चरण अन्तर्गत चाइनिज ताइपे विरुद्ध बिहीबार दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो । नेपालले आफ्नो बाँकी रहेका तीन होम खेल कुवेतमा खेल्न लागेको छ ।

नेपालले दोस्रो चराणको पहिलो खेल कुवेत विरुद्ध खेलिसकेको छ जहाँ नेपाल कुवेत विरुद्ध १-० ले पराजित भएको थियो । यस्तै दोस्रो चरणका बाँकी रहेका तीन खेल मद्धे एसियन कप प्लेअफमा पुग्न चाइनिज ताइपे विरुद्धको खेल निकै महत्वपूर्ण छ ।

समुह बि अन्तर्गत रहेको नेपालको तीन अंक रहेको छ । १२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५-५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन् । ताइपे भने बिना कुनै अंक पुछारमा रहेको छ ।

खेल नेपाली समय अनुसार ९:४५ मा सुरु हुने छ ।

Click to comment

Trending