Trending

नेपालले ताइपेइलाई पराजित गर्नेमा पूर्व प्रशिक्षक कालिन ढुक्क

Published

on

नेपाली फुटबल टोलीले विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरण अन्तर्गत पहिलो चरणमा चाइनिज ताइपेलाई २-० ले हराएको थियो । कोरोना भाईरसका कारण लामो समय यो छनोट चरण रोकिएको थियो । तर, बिहीबार भने नेपालले दोस्रो चरणको दोस्रो खेलमा ताइपेइ विरुद्ध नै खेल्दै छ ।

पहिलो चरणको अवे खेलमा २-० ले नेपालले जित्दा टोलीका प्रशिक्षक रहेका थिए, स्वीडिस प्रशिक्षक योहान कालिन । दुई गोलनै अन्जन बिष्टले गरेको खेलमा नेपालले तीन अंक हात पारेको थियो । त्यस पछि कालिनले गएको वर्ष सेप्टेम्बरमा रजिनामा दिए । तर, कालिन नेपाली फुटबलसँग भन्ने टडिएका छैनन् ।

उनले बिहीबार नेपालले चाइनिज ताइपेइ विरुद्ध खेल्दा नेपालको खेल हेर्न आतुर रहेको बताए । “म नेपालले ताइपेइ विरुद्ध खेल्ने खेल हेर्ने छु र नेपाल लाई जितको लागि पनि शुभकामाना दिन चाहन्छु,” उनले भने ।

“मेरो लागि नेपालले ताइपेइलाई हराउँदै जोर्डनसँग बराबरी खेल्नु निकै खुशीको कुरा हुने छ र आज पनि नेपालले राम्रो नतिजा ल्याउछ भन्नेमा पनि म ढुक्क छु,” नेपाली फुटबलमा नजिक रहेका कालिनले भने ।

कालिनले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट रजिनामा दिए पछि पनि नजिक रहेको विस्पोर्टजलाई बताए । “म नेपालले खेलेको खेलहरु हेर्ने गर्छु इराक विरुद्धको खेल हेँरे नेपाली टोलीको प्रदर्शन राम्रो देखियो । नेपाल सुपर लिगका खेलहरु पनि हेरे र मलाई यो टोलीले राम्रो गर्छ भन्ने आशा छ,” कालिनले भने ।

नेपालले आज राती नेपाली समय अनुसार ९:४५ मा चाइनिज ताइपेइ विरुद्ध खेल्दै छ । एसियन कप प्लेअफको सम्भावना जिवितै राख्न नेपालले ताइपेइ विरुद्ध हराउनै पर्ने छ ।

Click to comment

Trending