Euro 2020

युरो कप अभ्यासमा बुधबार के भयो ?

Published

on

युरो कपको तैयारीमा रहेका फ्रान्स र इङ्गल्याण्डले आ–आफ्नो अभ्यास खेलमा जित हात पारेका छन् । युरो जुन ११ देखि युरोपका बिभिन्न १२ शहरहरुमा हुन गइरहेको छन् । बुधबार अभ्यास खेलहरुमा के–के भए त ?

फ्रान्स ३–० वेल्स

बिश्वकप बिजेता फ्रान्सले एन्टोइन ग्रिजमन, किलियन एमबाप्पे र औस्माने डेम्बेलेले गोल गरेपछि वेल्समाथि सहज जित हात पार्यो । स्टार खेलाडीहरुले यसअघि नै भरिएको मिडफिल्ड र डिफेन्सिभ क्षेत्रमा बलियो देखिएको फ्रान्सका लागि युरो अघि फर्वार्ड लाइनले गोल गर्दा सबै क्षेत्रमा बलियो देखिएको छ ।

यद्दपि फ्रान्सको जित पूर्ण भने हुन सकेन । झण्डै ६ बर्षपछि राष्ट्रिय टोलीमा फर्किएका करिम बेन्जेमाले २७ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

इङ्गल्याण्ड १–० अस्ट्रिया

बुकायो साकाले टाइट एँगलबाट इङ्गल्याण्डको लागि बिजयी गोल मात्र गरेनन् । सिनियर टोलीका लागि उनले पहिलो पटक स्कोर पनि गरेका थिए । उनको प्रदर्शनले इङ्गल्याण्ड समर्थकहरुले १९ बर्षिय साकालाई ग्यारेथ साउथगेटले युरो कपमा बिशेष स्थान दिने आशा जगाएको छ । इङ्गल्याण्डको जित भने डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको लागि बिर्सनलायक रह्यो । अन्तिम समयमा चोटका कारण मैदान छोडेका एलेक्जेन्डर आर्नोल्ड अब युरो खेल्नेमा शंका उत्पन्न भएको छ ।

जर्मनी १–१ डेनमार्क

२०१४ को बिश्वबिजेता तथा २०१६ को युरो सेमिफाइनलिस्ट जर्मनीबिरुद्ध डेनमार्कले प्रभावशाली बराबरी गर्यो । पहिलो हाफमा जर्मनीलाई रोकेको डेनमार्क दोश्रो हाफको शुरुवातमै गोल खान पुगेको थियो । फ्लोरियन नेउहासले ६ यार्डबाट गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर ७१ औं मिनेटमा युसुफ पोल्सेनले डेनमार्कका लागि बराबरी गोल फर्काए ।

नेदरल्याण्ड्स २–२ स्कटल्याण्ड

अर्को ठूलो टोली नेदरल्याण्ड्सले पनि स्कटल्याण्डसँग बराबरी खेल्यो । स्कटल्याण्ड खेलमा दुई पटक अगाडी रहेको थियो तर मेम्फिस डिपेले ८९ औं मिनेटमा बराबरी गोल गर्दै फ्रांक डि बोरको टोलीको नाक बचाएका थिए ।

११ औं मिनेटमै ज्याक हेन्रीले गोल गर्दै स्कटल्याण्डलाई अग्रता दिलाएका थिए । तर डिपेले नै सात मिनेट पछि बराबरी गोल गरेका थिए । केभिन निस्बेटले ६४ औं मिनेटमा पुन स्कटल्याण्डको अग्रता फर्काएका थिए ।

Click to comment

Trending