Headline

नेपाल र चाइनिज ताइपेइ खेल्दा कुवेती गर्मीको फाइदा कसलाई ?

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार राती ९:४५ मा विश्वकप र एसिया कप छनोटको दोस्रो चरणको पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्दै छ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशाला हुने खेलमा ३ अंक रहेको नेपाललाई एसियन कप प्लेअफको सम्भावना जिवित राख्न यो खेल निकै महत्वपूर्ण छ । चाइनिज ताइपेइलाई पनि अर्को चरणमा छनोट हुने हो भने नेपाल विरुद्धको खेलमा जित निकाल्नै पर्ने दवाब छ ।

दुवै टोलीलाई जितको खाँचो त छ तर, त्यो भन्दा पनि बढी चिन्ता कुवेती गर्मी रहेको छ । दुवै टोलीका प्रशिक्षक पनि कुवेतको तातो मौशमले खेललाई असर पार्ने बताउँछन् । चाइनिज ताइपेइका प्रशिक्षक भोम का हुमले कुवेतको गर्मीले खेलमा निकै असर पार्ने प्रतिकृया दिए । “हामीलाई यो कुवेत को गर्मीको निकै चिन्ता छ । यसले खेलमा पनि असर पार्न सक्छ,” का हुमले बताए ।

नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि कुवेती गर्मीले खेलमा असर पार्ने बताउँछन् । “हामीले धेरै मैत्रिपूर्ण खेल खेलेका पनि होइनौं। कुवेतको गर्मीले खेलमा ठुलो भूमिका खेल्ने छ,” उनले भने ।

फाईदा कसलाई ?

कुवेतको गर्मीको फाईदा उठाउन नेपाल सक्षम हुन सक्छ । नेपाललाई फाईदा हुनुको एक कारण इराकमा गरेको अभ्यास र मैत्रिपूर्ण खेल पनि हो । नेपालले इराक विरुद्धको खेल ३९-४० डिग्री सेल्सियसमा खेलेको थियो । नेपालमा यो तापक्रममा खेल हुने गर्दैन । यता कुवेतमा पनि राती नै खेल खेले पनि ३७ डिग्री सेल्सियस हुने गर्छ । कुवेतमा खेल्नुको एक बेफाईदा भने त्यहाको उच्च तापक्रम सहित मरभुमी बाट आएको तातो हावा पनि हो ।

चाइनिज ताइपेइले भने आफ्नो सबै अभ्यास घरमै गरेको थियो । खेल सुरु हुने केही दिन अगाडि मात्रै कुवेत पुगेको टोलीलाई गर्मीले केही गार्हो भएको प्रशिक्षकले बताउँदै आएका छन् ।

कुवेती गर्मीमा अभ्यस्त हुन नेपालले स्थानीय समय अनुसार ७ बजेदेखि अभ्यास गर्दै आएको छ । नेपालको ताईवानसँगको खेल पनि त्यही समयमा हुने भएकाले उक्त समयमा गरेको अभ्यासले फाईदा पुग्ने छ ।

Click to comment

Trending