अन्तर्राष्ट्रिय

कन्वेको किर्तिमानी शतकमा पहिलो दिन न्युजिल्याण्डको पकडमा 

Published

on

ओपनर डेभन कन्वेले किर्तिमानी शतक प्रहार गरे पछि घरेलु टोली इंग्ल्यान्ड विरुद्धको पहिलो टेस्टको पहिलो दिन न्युजिल्याण्डले आफ्नो पकडमा राख्न सफल भएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पहिलो दिनको खेलको समाप्तिमा ८६ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा २४६ रन बनाएको छ ।

न्युजिल्याण्डको तर्फबाट आजको खेलबाट टेस्टमा डेब्यु गरेका कन्वेले अविजित रहँदै सर्वाधिक १३६ रन बनाए । २४० बलको सामना गरेका उनले १६ चौका प्रहार गरेका छन् । लर्ड्समा टेस्टमा डेब्यु गर्दै शतक प्रहार गर्दै कन्वेले भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सौरभ गांगुलीको नाममा रहेको किर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यस अघि लर्ड्समा टेस्टमा डेब्यु गर्दै गांगुलीले सर्वाधिक १३१ रन बनाएका थिए ।

कन्वे बाहेक हेनरी निकोलसले पनि अविजित रहँदै १४९ बलमा ४६ रनको पारी खेले । ११४ बलमा तीन विकेट गुमाएर सामान्य सुरुवात गरेको न्युजिल्याण्डको लागि कन्वे र निकोलसले चौथो विकेटका लागि अविजित १३२ रनको साझेदारी गरे ।

न्युजिल्याण्डका अर्का ओपनर टम लाथम २३ तथा कप्तान केन विलियमसन १३ तथा रस टेलर १४ रन बनाएर पेभेलियन फर्किए ।

इंग्ल्यान्डको तर्फबाट ओली रोबिनसनले सर्वाधिक दुई तथा जेम्स एन्डरसनले एक विकेट आफ्नो नाममा दर्ता गराएका छन् । आजको खेलमा एन्डरसनले इंग्ल्यान्डको लागि सर्वाधिक टेस्ट खेल्ने किर्तिमानको पनि बराबरी गरेका छन् । उनले इंग्ल्यान्डका पूर्व कप्तान एलेस्टर कुकको नाममा रहेको १६१ टेस्टको किर्तिमानको बराबरी गरेका हुन् ।    

Click to comment

Trending