अन्तर्राष्ट्रिय

नेदरल्याण्ड्सको आयरल्याण्ड माथि एक रनको सनसनीपूर्ण जित

Published

on

विश्वकप सुपर लिग अन्तर्गतको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सले आयरल्याण्ड माथि एक रनको सनसनीपूर्ण जित दर्ता गराएको छ । यससँगै नेदरल्याण्ड्सले सुपर लिगमा उत्कृष्ट सुरुवात गरेको छ भने आयरल्याण्ड विरुद्धको तीन खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ ।

घरेलु मैदान अट्रेचमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १९५ रन बनाउन सक्यो भने जबाफी ब्याटिङ गरेको आयरल्याण्डले पुरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर मात्र १९४ रन जोड्न सक्यो ।

नेदरल्याण्ड्सलाई रोमान्चक जित दिलाउने क्रममा कप्तान पिटर सेलारले नौं ओभर बलिङ गर्दै मात्र २७ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने लोगान भान बिकले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

ब्याटिङ तर्फ राम्रो सुरुवात गर्न नसके पनि नबौं नम्बरमा ब्याटिङ गर्न आएका टिम भान डर गगटेनले ४९ रन जोड्दै नेदरल्याण्ड्सलाई सम्मानजनक स्कोर सम्म पुर्याएका हुन् । खेलको म्यान अफ द म्याच घोषित उनले ५३ बलको सामना गर्दै एक चौका र चार छक्का प्रहार गरे ।

आयरल्याण्डको तर्फबाट ओपनर पौल स्टिर्लिंङले ६९ तथा सिमि सिंहले ४५ रन जोडे पनि आफ्नो टोलीलाई जित दिलाउन पर्याप्त रहेन ।

क्रेग योङ र जस लिटलले समान ३-३ विकेट हात पार्दै नेदरल्याण्ड्सलाई सानो योगफलमा रोक्न सफल भएका थिए ।          

 

 

Click to comment

Trending