अन्तर्राष्ट्रिय

एन्डरसनले गरे धेरै टेस्ट खेल्ने किर्तिमानको बराबरी 

Published

on

 तीब्र गतिका बलर जेम्स एन्डरसनले इंग्ल्यान्डको लागि धेरै टेस्ट खेल्ने किर्तिमानको बराबरी । एन्डरसनले न्युजिल्याण्ड विरुद्धको टेस्ट शृंखला अन्तर्गत पहिलो टेस्ट खेल्दै उक्त किर्तिमानको बराबरी गरेका हुन् ।

३८ वर्षीय एन्डरसनले आज १६१ औं टेस्ट खेल्दै छन् । इंग्ल्यान्डको लागि यस अघि सर्वाधिक टेस्ट खेल्ने किर्तिमान पूर्व कप्तान एलेस्टर कुकको नाममा रहेको थियो । सन् २००६ मा भारत विरुद्धको टेस्टमा डेब्यु गरेका कुकले सन् २०१८ मा भारत विरुद्ध नै आफ्नो अन्तिम टेस्ट खेलेका थिए ।

इंग्ल्यान्डको लागि धेरै टेस्ट खेल्ने खेलाडीको दोश्रो नम्बरमा अर्का तीब्र गतिका बलर स्टुवार्ट ब्रोड तथा तेश्रो नम्बरमा पूर्व विकेट किपर ब्याट्सम्यान एलेक स्टुवार्ट रहेका छन् । ब्रोडले १४७ तथा स्टुवार्टले १३३ टेस्ट खेलेका छन् । 

सन् २००३ मा जिम्बाबे विरुद्ध लर्ड्समा डेब्यु गरेका एन्डरसनले धेरै टेस्ट खेल्ने किर्तिमान पनि लर्ड्समा नै राखेका छन् । 

टेस्टमा सर्वाधिक विकेट लिने चौथो तथा सर्वाधिक विकेट लिने तीब्र गतिका किर्तिमानका धनी एन्डरसनको नाममा ६१४ विकेट पनि रहेको छ ।     

दुई टेस्ट खेलको शृंखला अन्तर्गतको पहिलो खेलमा न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।   

    

 

Click to comment

Trending