Euro 2020

युरोको सेमिफाइनल पनि पुग्न नसके असफल टोली हुनेछौंः इङ्गल्याण्ड प्रशिक्षक

Published

on

इङ्गल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो टोली युरो कपको सेमिफाइनलमा पनि पुग्न नसक्ने हो भने ठूलो असफलतको रुपमा व्याख्या हुने बताएका छन् ।

रुसमा भएको २०१८ को बिश्वकपमा साउथगेटले इङ्गल्याण्डलाई सेमिफाइनलसम्म डोर्याएका थिए । युरो कपको सेमिफाइनल पनि नपुगेको खण्डमा के असफल साबित हुने हो भन्दा साउथगेट भन्छन्ः “हामीले यथार्थपरक भएर सोच्ने हो भने असफलता नै हुनेछ । हामीबाट कम से कम पनि सेमिफाइनल पुग्ने अपेक्षा छ र यसमा खरो उत्रनु पर्नेछ ।”

“हामी यसअघि दुई पटक युरो कपको सेमिफाइनल पुगिसकेका छौं र हाम्रो प्रयास एक कदम अगाडी बढाउने हो,” ११ जुनमा शुरु हुने युरोका लागि २६ सदस्यीय टोलीको घोषणा गर्ने क्रममा साउथगेटले भने ।

सेप्टेम्बर २०१६ मा प्रशिक्षक नियुक्त भएका साउथगेटले इङ्गल्याण्डलाई बिश्वकपमा २८ बर्ष यता कै उच्च स्थान दिदै रुसमा अन्तिम चारसम्म पुर्याएका थिए । एक बर्षपछि इङ्गल्याण्ड युएफा नेसन्स लिगको पनि सेमिफाइनल पुगेको थियो ।

टिमलाई लिएर जुन किसिमको उत्साह सृजना भएको छ त्यसलाई लिएर राम्रो ज्ञान छ, साउथगेटले भने ।

युरो कपको समुह डी मा रहेको इङ्गल्याण्डले आफ्नो पहिलो खेलमा क्रोएसियाको सामना गर्नेछ भने दोश्रोमा स्कटल्याण्ड र तेश्रोमा चेक रिपब्लिकसँग खेल्नेछ ।

२५ बर्ष तीन महिना औषत उमेर रहेको इङ्गल्याण्ड युरोमा सबैभन्दा युवा टोलीमध्येको एक टिम रहनेछ । साउथगेटले बोरुसिया डर्टमण्डका लागि उच्च प्रदर्शन दिदै आइरहेका जुड बेलिङ्गमलाई पनि समावेश गरेका छन् । वेलिङ्गम २००६ बिश्वकपमा थिओ वालकट पछि प्रमुख प्रतियोगिता खेल्ने सबैभन्दा युवा खेलाडी हुनेछन् ।

Click to comment

Trending