अन्तर्राष्ट्रिय

ट्वान्टी ट्वान्टी बिश्वकपमा अब २० टिम, नेपाललाई अझै सहज, महिला र यु१९ लाई पनि अवसर नै अवसर

Published

on

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ट्वान्टी ट्वान्टी विश्वकपमा २० वटा राष्ट्रलाई सहभागी गराउने भएको छ ।

त्यस्तै आईसीसीको आज बसेको बैठकले एकदिवसीय विश्वकपमा १४ राष्ट्रलाई सहभागी गराउने निर्णय गरेको पनि गरेको छ । सन् २०२३ को विश्वकपमा १० टोलीको सहभागिता रहे पनि सन् २०२७ र सन् २०३१ को विश्वकपमा भने १४ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

आईसीसीको निर्णय अनुसार ट्वान्टी ट्वान्टी विश्वकप प्रत्येक दुई दुई वर्षमा आयोजना हुनेछ । सन् २०२१ र सन् २०२२ पछि सन् २०२४, सन् २०२६, सन् २०२८ र सन् २०३० मा ट्वान्टी ट्वान्टी विश्वकप आयोजना हुनेछ । सन्ज २०२१ र सन् २०२० मा अहिले कै योजना अनुसार खेलाइने छ भने सन् २०२४ पछिका विश्वकपमा २० राष्ट्रले खेल्ने छन् ।

त्यस बाहेक आईसीसीले सन् २०२५ र सन् २०२९ मा वरियताका उत्कृस्ट आठ टोलीलाई सहभागी गराएर च्याम्पियन्स ट्रफी पनि आयोजना गर्ने भएको छ भने दुई दुई बर्षको अवधिमा वर्ल्ड टेस्ट च्याम्पियनसिप पनि आयोजना गर्नेछ । नौं राष्ट्र सम्मिलित वर्ल्ड टेस्ट च्याम्पियनसिपमा सबै टोलीले ६-६ ओटा शृंखला खेल्ने छन् भने अंक तालिकाको शिर्ष दुई टोलीले फाइनल खेल्ने छन् । वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल सन् २०२५,सन् २०२७, सन् २०२९ तथा सन् २०३१ मा खेलिने छ ।

त्यस्तै आईसीसीको आजको निर्णय अनुसार महिला ट्वान्टी ट्वान्टी विश्वकपमा १० तथा एकदिवसीय विश्वकपमा आठ टोलीको सहभागिता रहने छ भने छ टोली सम्मिलित महिला च्याम्पियन्स ट्रफीको पनि सुरुवात गर्दैछ । आईसीसीले सन् २०२४ पछिका ट्वान्टी ट्वान्टी विश्वकप सन् २०२६, सन् २०२८, सन् २०३० मा आयोजना गर्नेछ जसमा १२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

महिलाको एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफी क्रमश सन् २०२५ र सन् २०२९ मा तथा सन् २०२७ र सन् २०२९ मा आयोजना गर्नेछ ।

यु१९ महिला र पुरुष विश्वकप पनि दुई दुई बर्षमा आयोजना हुनेछ । पहिलो बर्ष पुरुष र दोश्रो बर्ष महिलाको गरेर सन् २०२४ देखि सन् २०३१ मा गरेर चार चार वटा विश्वकप आयोजना पनि गर्ने निर्णय लिएको छ ।

Click to comment

Trending