Headline

कर्लो एन्जोलोटी रियल म्याड्रिड फर्किए

Published

on

ओरियल म्याड्रिडले आफ्नो पुर्व प्रशिक्षक रहेका इटालियन प्रशिक्षक कार्लो एन्जोलोटीलाई पुन: मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एवर्टनमा रहेका एन्जोलोटीलाई रियलले जिनेदिन जिदानले आफ्नो पदबाट रजिनामा दिए पछी भित्र्याएको हो । एन्जोलोटीले यस अघि २०१३ देखी २०१५ सम्म रियल म्याड्रिडको बागडोर सम्हालेका थिए ।

उनले रियलका लागि च्याम्पियन्स लिग जितिसकेका छन् । उनले युएफा सुपर कप, क्लब विश्वकप र कोपा डेल रे पनि जिताएका थिए । २०१५ मा बर्खस्तीमा पर्नु अघि एन्जोलोटीले रियलका लागि धेरै उत्कृष्ट खेलाडीहरु भित्र्याएका थिए ।

प्रशिक्षक कार्यकलमा सफल कार्यकल निभएका एन्जोलोटी इङ्लिश क्लब एवर्टनबाट रियल गएका हुन् । प्रिमियर लिगमा १० औँ स्थान सकाएका एन्जोलोटीलाई रियलले फेरी प्रशिक्षकको पद दिए पछी उनले स्पेन पुगेका हुन् । एन्जोलोटीले रियल छोडे पछि बायर्न म्युनिख, नेपोली र एवर्टनमा प्रशिक्षकको काम गरेका थिए ।

उनले रियलमा २ वर्षको कार्यकल बिताउने छन् । उनको वर्षिक तलब ३ मिलियन पाउन्ड हुने छ । उनले आउने २०२१-२०२२ को सिजन देखी रियलको प्रशिक्षक भएर काम गर्ने छन् ।

 

Click to comment

Trending