Euro 2020

१९ वर्षीय ग्रिनउडले युरो कप नखेल्ने

Published

on

म्यानचेस्टर युनाइटेड स्ट्राइकर मेसन ग्रिनउडले युरो कप २०२० को इंग्ल्यान्डको प्रारम्भिक टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

१९ वर्षीय ग्रिनउड इंग्ल्यान्डको ३३ जनाको प्रारम्भिक टोलीमा रहेको भए पनि चोटका कारण आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन् । 

युनाइटेडले बारम्बार बल्झिरहने चोट बोकेका ग्रिनउड युरो नखेल्दा राम्रो हुने सुझाए पछि उनले नखेल्ने भएका हुन् । युरोपा लिगको फाइनलमा भिलारियल विरुद्ध एक सय मिनेट मात्र मैदान खेलेका ग्रिनउडलाई युनाइटेडले अर्को सिजन सुरु नहुँदा सम्मका लागि विश्राम गर्न पनि सुझाएको छ । 

यसै चोटका कारण ग्रिनउडले गत मार्चमा आयोजना भएको यु-२१ युरोपियन च्याम्पियनसिप पनि खेल्न सकेका थिएनन् ।     

ग्रिनउडले इंग्ल्यान्डको राष्ट्रिय टोलीका लागि एक खेल मात्र खेलेका छन् । उनले अघिल्लो सेप्टेम्बरमा नेसन्स लिग अन्तर्गत आइसल्याण्ड विरुद्धको खेलमा डेब्यु गरेका थिए । प्रतियोगिताका दौरान उनले र फिल फोडेनले कोरोनाको नियम उल्लङ्घन गरेको भन्दै इंग्ल्यान्ड टोलीले उनीहरूलाई घर फिर्ता गरेको थियो । 

उनले युनाइटेडको लागि लागि पछिल्लो १४ खेलमा आठ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।     

 

Click to comment

Trending