Headline

ओसाकाले छोडेपछि तरङ्गित बन्यो फ्रेञ्च ओपन

Published

on

मिडियासँग कुरा नगर्ने निर्णयका कारण बिवादको घेरामा तानिएकी जापानी टेनिस स्टार नाओमी ओसाकाले फ्रेञ्च ओपन त्यागेकी छिन् ।

चार पटककी ग्राण्ड स्ल्याम बिजेता ओसाकाको निर्णयपछि टेनिस मात्र नभई खेल जगत पनि तरँगित बनेको छ । यसको कारण उनले प्रतियोगिता अघि मिडियासँग नबोल्ने भन्दै लिएको निर्णय र सोमबारको ट्विट हो ।

२०१८ मा आफूले पहिलो पटक ग्राण्ड स्ल्याम जितेदेखि आफू बिभिन्न समयमा डिप्रेसनको शिकार बन्दै आइरहेको बताएकी बिश्व नम्बर दुई टेनिस खेलाडी ओसाकाले ट्विटर मार्फत जारी फ्रेञ्च ओपन त्यागेकी हुन् ।

आफ्नो मानसिक स्वास्थ्यको सुरक्षाका लागि भन्दै ओसाकाले गत साता फ्रेञ्च ओपनको दौरान मिडियाको सामना नगर्ने बताएकी थिइन् । आइतबार आफ्नो पहिलो चरणको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई पराजित गरेपछि मिडियामा नगएपछि उनलाई १५ हजार डलर जरिवाना गरिएको थियो ।

त्यही दिन फ्रेञ्च ओपन आयोजकहरुले यदि प्रतियोगिता दौरान ओसाकाले मिडियालाई टाढा राख्ने प्रयास गरिरहने हो भने उनलाई निष्कासन गरिने बताएका थिए । फलस्वरुप ओसाकाले सोमबार आफै प्रतियोगिताबाट बाहिरिने घोषणा गरेकी थिइन् ।

ओसाकाले अब आफू केही समयका लागि कोर्टबाट बाहिर रहने पनि बताइन् । “जब सहि समय आउछ म एटिपि टुरसँग छलफल गर्दै खेलाडी, मिडिया र समर्थकहरुको राम्रोको लागि के गर्न सकिन्छ लागि पर्नेछु,” ओसाकाले भनिन् ।

फ्रेञ्च टेनिस फेडेरेशनका अध्यक्ष जिलेस मोरेटोनले ओसाकाले नाम फिर्ता लिनु दुर्भाग्य रहेको बताए । “हामी नाओमीलाई लिएर दुखी र क्षमाप्रार्थी छौं । उनी चाडै भन्दा चाँडो ठिक भएको हेर्दै अर्को बर्ष फ्रेञ्च ओपनमा फर्किएको हेर्न चाहन्छौं,” मोरेटोनले भने ।

ओसाकाले खुलेरै आफ्नो समस्याको बारेमा भनेको उनलाई बिश्व भरिका खेलाडीहरुले नै समर्थन गर्न थालेका छन् । धेरै खेलाडी तथा पदाधीकारीहरुले ट्विट गर्दै ओसाकाको निर्णय र उनले आफू डिप्रेसनसँग गुज्रिरहेको भन्ने सार्वजनिक घोषणालाई बहादुरीपुर्व कार्य भनेका छन् ।

बिश्व टेनिसको नयाँ सुपरस्टारको रुपमा हेरिएकी ओसाका बिश्वमा सबैभन्दा बढी कमाउने महिला खेलाडी भएको कारण पनि उनको निर्णयले धेरैको ध्यानाकर्षण गरेको छ ।

सबैभन्दा बढी बार्षिक आम्दानी गर्ने बिश्वका सकृय खेलाडीहरुको सुचाीमा उनी स्विस टेनिस लेजेण्ड रोजर फेडेरर, अमेरिकी बास्केटबल स्टार लेब्रोन जेम्स र अर्का अमेरिकन गल्फका टाइगर उड्सपछि चौथो स्थानमा छिन् ।

Click to comment

Trending