अन्तर्राष्ट्रिय

मोराटा आगामी सिजन पनि युभेन्टमा नै बस्ने 

Published

on

लोनमा आएका अल्भारो मोराटालाई युभेन्टसले अर्को एक सिजन पनि क्लबमा नै राख्ने भएको छ ।

गत सिजन एट्लेटिको म्याड्रिडबाट लोनमा युभेन्टस आएका मोराटाले एक वर्षको सम्झौता गरेको भए पनि क्लबले अर्को सिजनको सुरुवात सम्म उनलाई क्लबमा आबद्ध गर्ने अथवा सम्झौता समाप्त गर्न पाउने थियो । तर अब उनलाई क्लबमा नै आबद्ध गर्नेको सट्टामा लोनमा नै अर्को सिजन सम्मका लागि राख्ने निर्णय लिएको हो ।

गत सिजन ४४ खेल खेल्दै २० गोल गरेका मोराटाको प्रदर्शनबाट सन्तुष्ट हुँदै युभेन्टसले १० मिलियन युरो खर्चेर अर्को एक सिजन आफ्नै क्लबमा राख्ने निर्णय लिएको हो।    

आन्द्रे पिर्लोको बर्खास्ती पछि युभेन्टस आएका मासिमिलिअनो अलेग्रीको आगमनले पनि क्लबले मोराटालाई पूर्ण लोनमा लिएको बुझिएको छ । अलेग्रीले पहिले पनि मोराटासँग रियल म्याड्रिड र चेल्सीमा सँगै काम गरेका थिए र उनले राम्रो प्रदर्शन पनि गरेका थिए । त्यस्तै मोराटा आफै पनि टुरिनमा बस्ने इच्छा व्यक्त गरेका हुन् ।    

 

Click to comment

Trending