अन्तर्राष्ट्रिय

अफगान दोश्रो पटक कप्तानबाट बर्खास्त 

Published

on

अफगानिस्तान क्रिकेट बोर्डले दोश्रो पटक अस्गर अफगानलाई कप्तानबाट बर्खास्त गरेको छ । अफगानिस्तानले गत मार्चमा जिम्बाब्वे विरुद्धको टेस्ट शृंखलामा अफगानको खराब प्रदर्शनका कारण टेस्ट गुमाउन परेको भन्दै बर्खास्त गरेको हो ।

अफगानिस्तान क्रिकेट बोर्डले यस अघि पनि उनलाई बर्खास्त गरेको थियो । इंग्ल्यान्ड र वेल्समा सन् २०१९ मा सम्पन्न विश्वकप भन्दा मात्र दुई महिना अघि पनि अफगानलाई बर्खास्त गर्दै एकदिवसीयमा गुलाबदिन नैबलाई तथा टेस्ट र ट्वान्टी ट्वान्टीमा रशिद खानलाई कप्तान नियुक्त गरेको थियो । विश्वकप अघि अफगानलाई बर्खास्त गरेको भन्दै रशिद र मोहम्मद नाबीले बोर्डको खुलेरै बिरोध गरेका थिए । अहिले पनि अफगानिस्तान क्रिकेट बोर्डले ट्वान्टी ट्वान्टी विश्वकप आउन पाँच महिना अघि फेरी अर्को एक पटक बर्खास्त गरेको हो ।

विश्वकपमा एक खेल पनि जित्न नसकेको भन्दै बोर्डले नैबलाई पनि बर्खास्त गर्दै रशिदलाई सबै ढाँचामा कप्तान नियुक्त गर्यो । तर सन् २०१९ को डिसेम्बरमा अफगानलाई दोश्रो पटकका लागि फेरी कप्तान नियुक्त गर्यो । दोश्रो पटक कप्तान भएका अफगानलाई १५ महिना पछि बोर्डले फेरी बर्खास्त गरेको हो ।

अफगानको स्थानमा बोर्डले मध्यक्रमका ब्याट्सम्यान हस्मतुल्लाह शाहिदीलाई टेस्ट र एकदिवसीयको कप्तान नियुक्त गरेको छ भने रहमत शाहलाई उपकप्तान नियुक्त गरेको छ । ट्वान्टी ट्वान्टीमा अहिले नै कप्तान नियुक्त गरेको बारेमा बोर्डले केहि नखुलाएको भए पनि रशिद खानलाई ट्वान्टी ट्वान्टीमा कप्तान नियुक्त गर्ने बुझिएको छ ।

Click to comment

Trending