अन्तर्राष्ट्रिय

कोपा अमेरिका ब्राजिलमा हुने 

Published

on

दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले कोपा अमेरिका ब्राजिलमा गर्ने भएको छ । आज बिहान मात्र कोनमेबोलले प्रतियोगिता आयोजक अर्जेन्टिनाले आयोजना गर्न नसक्ने निष्कर्ष निकालेको थियो ।

कोभिड-१९ को दोस्रो भेरीएन्टले अर्जेन्टिनामा निकै तनावको स्थिती श्रीजना भएकाले उसले कोपा अमेरिका आयोजना गर्न नसक्ने कोनमेबोलले जनाएको थियो ।

१० सहभागी देशका साथ जुन १३ देखी जुलाई १० सम्म अर्जेन्टिना र कोलमबियाले यो प्रतियोगिता आयोजना गर्ने भनिए पनि गएको साता मात्रै कोलमबियालाई सुरक्षाको प्रश्न उठाउदै सह-आयोजकको रूपमा हटाइएको थियो ।

अर्जेन्टिनामा पनि कोपा अमेरिका प्रतियोगिता आयोजना नगर्न धेरै मानिसहरुले आग्रह गरेका थिए । त्यस्तै अमेरिकामा पनि प्रतियोगिता आयोजना गर्ने बारेमा पनि कुरा उठेको थियो ।

Click to comment

Trending