Headline

बर्सिलोना पुगे अग्वेरो

Published

on

अर्जेनटाइन स्ट्राइकर सर्जियो अग्वेरोलाई बार्सिलोनाले ‘फ्री एजेन्ट’ का रुपमा क्लब भित्र्याएको छ ।

म्यानचेस्टर सिटीका लेजेण्ड अग्वेरोले यही सिजन क्लब छोड्ने घोषणा गरेका थिए । बार्सिलोनाले उनलाई हालका लागि जुन २०२३ सम्मका लागि सम्झौता दिएको छ ।

उनले स्पेनमा एट्लेटिको मड्रिडका लागि सन् २००६ देखि २०११ सम्म बिताएका थिए । उनले त्यहाँबाट २३४ खेल खेल्दै १०२ गोल गरेका थिए ।

३४ वर्षिय अगुइरो सन् २०११ मा एट्लेटिकोबाट ४० मिलियन युरोमा इङ्गलिश क्लब म्यान्चेस्टर सिटी गएका थिए । उनले सिटीसँग पाँच प्रिमियर लिग र धेरै घरेलु प्रतियोगिता जिते । च्याम्पियन्स लिगको सपना अपुरो रहेको अग्वेरो बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्न चाहन्छन् ।

सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी रहेका अग्वेरोले यस सिजन सिटीका लागि जम्मा १२ खेल खेल्दै ४ गोल गरेका थिए ।

Click to comment

Trending