Headline

रियलका समर्थकलाई जिदानको खुला पत्र, अध्यक्ष पेरेजका कारण क्लब छाड्न लागेको खुलासा  

Published

on

जिनेदिन जिदानले रियल म्याड्रिडका समर्थकहरूलाई खुला पत्र लेख्दै क्लबले आफू माथि विश्वास नगरेका कारण क्लब छाड्न लागेको बताएका छन् । त्यस्तै उनले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सिजनको अन्त्य तिर आएर आफुलाई अवमुल्यन गरेको कारण पनि क्लब छाड्ने निर्णय लिएको खुलासा गरेका हुन् ।     

दुई पटक रियल सम्हालेका जिदानले तीनवटा च्याम्पियन्स लिग तथा दुईवटा ला लिगा सान्टियागो बर्नाबेउ भित्राएका थिए । सन् २००९-१० को सिजन पछि उपाधि बिहिन बने पछि उनले रियल छाड्ने घोषणा गरेका हुन् ।

फ्रान्स र रियलका पूर्व खेलाडी जिदानले आफूले क्लब छाड्नुको मुख्य कारण नै पेरेज रहेको पनि खुलासा गरेका हुन् । पेरेजले आफूलाई सहयोग नगरेको पनि उनले जनाए ।  

स्पेनको एएसले जिदानले रियलका समर्थकलाई लेखेको खुला पत्र प्रकाशित गरेको थियो । के लेखेका छन् जिदानले पत्रमा ?

“प्रिय रियल म्याड्रिड समर्थकहरू, मैले रियलमा २० वर्ष भन्दा बढी समय बिताए । जब मैले पहिलो पटक सेतो जर्सी लगाए त्यस समय पनि तपाईहरूले मलाई निकै माया दिनु भयो । म यो पत्रमार्फत तपाईहरूसँग अन्तिम पटक बिदा लिन चाहन्छु र मैले क्लब छाड्नुको कारण पनि बताउन चाहन्छुम अब जाँदैछु । न त मैले अन्य क्लब रोजेको छु न त प्रशिक्षण गर्नबाट थाकेको नै छु । सन् २०१८ को मे मा मैले साढे दुई वर्ष रियल हेरे पछि छाड्ने निर्णय गरेको थिए । त्यस समय मलाई लागको थियो हामीले धेरै उपाधि जितेका थियौं र आज यो भन्दा माथि जानका लागि हामीलाई नयाँ दृष्टिकोण आवश्यक रहेको थियो । तर अहिले परिस्थिति अर्कै छ । अहिले क्लबलाई म प्रति विश्वास रहेन र मेरो राम्रो टोली बनाउने मध्यम र लामो दृष्टिमा पनि क्लबले मलाई साथ दिएन ।”

“मैले फुटबल बुझेको छु र मलाई रियल जस्तो क्लबले के आशा राख्दछ भन्ने पनि राम्रै थाहा छ । मलाई यो पनि थाहा छ कि यदि तपाईंले उपाधि दिलाउन सक्नु भएन भने छाड्न पनि पर्दछ । तर महत्वपूर्ण कुरा सबैले बिर्सिए । मैले राम्रो र उत्कृष्ट टोली बनाउनका लागि एक एक दिन गरेको मिहिनेत बिर्सिए । मैले खेलाडी र टोलीसँग रहेका १५० भन्दा बढी मानिसहरूसँग बनाएको सम्बन्ध बिर्सिए । जन्मजात विजेता हो । म यहाँ ट्रफी जित्न आएको हो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा भनेको समर्थक, उनीहरूको भावना र जीवन ।”

‘हामीले टोलीका रुपमा जे जति हासिल गरेका छौ म त्यसको आदर चाहन्छु । मैले क्लब र अध्यक्षबाट टोलीका मलाई अन्य अफिसियल भन्दा भिन्न सम्बन्ध रहेको भेटे । मैले पटक्कै पनि सहानुभूति खोजेको हैन तर टोलीलाई फेरी राम्रो बनाउन समय मात्र खोजेको थिए । सबैभन्दा महत्वपूर्ण कुरा भनेको सम्बन्ध हो । सम्बन्ध भनेको नाम र पैसा भन्दा पनि ठुलो हुन्छ । त्यो सबैले पोषित गर्न पर्दछ । पछिल्लो समय मलाई सबैभन्दा ठुलो चोट मिडियाबाट पनि पुगेको छ । जब म पत्र-पत्रिका पढ्छु अथवा टिभी अनलाइन हेर्छु मलाई स्याक गर्ने खबर मात्र प्रकाशित हुन्छ ।

“रियलले अर्को खेल नजितेको खण्डमा जिदान स्याक हुने भन्दै समाचारहरु प्रकाशित हुन्छ । मलाई मात्र हैन यस्तो समाचारले खेलाडीहरुमा र उनीहरूको प्रदर्शनमा पनि असर पर्दछ । मेरो टोलीमा यस्ता खेलाडीहरु छन् जसले अन्तिम सम्म मलाई साथ दिइरहे । त्यसमा म आफैलाई भाग्यमानी ठान्दछु । जब म माथि नराम्रो हुन्थ्यो उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा दिन्थे । उनीहरुलाई मेरो र मलाई उनीहरूको विश्वास थियो ।”

 

Click to comment

Trending