Euro 2020

थियरी अनरी पुन बेल्जियम राष्ट्रिय टोलीमा फर्किए 

Published

on

आर्सनल र फ्रान्सका लिजेण्ड थियरी अनरी युरो कप २०२० का लागि पुन बेल्जियम राष्ट्रिय टोलीमा फर्किएका छन् । ४३ बर्षिय अनरीले युरो कपमा रोबर्टो मार्टिनेजको सहायकको भूमिका निर्बाह गर्नेछन् ।

यस अघि अनरीले युरोको समयमा टिभी पण्डितको रुपमा काम गर्ने भएको भए पनि प्रतियोगिता सुरु हुने दुई हप्ता मात्र बाँकी रहेको अवस्थामा बेल्जियम टोलीमा आबद्ध भएका हुन् ।

२०१६ मा बेल्जियम टोलीसँग आबद्ध भएका अनरी २०१८ को विश्वकप पछि बेल्जियम टोली छाड्दै लिग वान टोली मोनाकोको प्रशिक्षक नियुक्त भएका थिए। सेमीफाइनलमा विश्व विजेता फ्रान्ससँग पराजित भएको बेल्जियमले इंग्ल्यान्डलाई परजित गर्दै तेश्रो स्थान हात पारेको थियो ।

सन् २०१६ मा बेल्जियम टोलीसँग आबद्ध भएका उनले २०१८ को विश्वकप पछि बेल्जियम टोली छाड्दै लिग वान टोली मोनाकोको प्रशिक्षक नियुक्त भएका थिए ।

सन् २०१८ अक्टोबरमा मोनाको पुगेका अनरीलाई तीन महिना पछि नै क्लबले सन् २०१९ को जनावरीमा स्याक गरेको थियो । त्यस पछि सन् २०१९ को नै नोभेम्बरमा एमएलएस क्लब मोन्टरियल पुगेका उनले गत बर्षको फेब्रुअरीमा लन्डनमा रहेका आफ्नो परिवारसँग समय बिताउने भन्दै राजिनामा दिएका थिए । त्यस पछि उनी कतै पनि आबद्ध थिएनन् ।

समुह बि मा रहेको बेल्जियमले समुह चरणमा रसिया, फिनल्याण्ड र डेनमार्कको सामना गर्नेछ । आफ्नो पहिलो खेलमा उसले सेन्ट पिटर्सबर्गमा जुन १२ मा रसियाको सामना गर्नेछ ।

Click to comment

Trending