Headline

एमबाप्पेसँग रियलको खेलाडी बन्ने सबै गुण छ: बेन्जेमा 

Published

on

फ्रान्स र रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमाले फ्रान्सका युवा फरवार्ड किलियन एम्बाप्पेसँग रियलको खेलाडी हुने सबै गुण रहेको र एक दिन उनले रियलको लागि खेल्ने जनाएका छन् । 

२२ वर्षीय एम्बाप्पे लामो समय देखि रियलसँग आबद्ध हुने चर्चा चल्दै आएको छ । त्यस्तै उनले पनि आफ्नो आदर्श क्रिष्चियानो रोनाल्डो जस्तै रियलको जर्सीमा खेल्ने आशा व्यक्त गर्दै आएका छन् ।    

एम्बाप्पेको पिएसजीसँगको सम्झौता सन् २०२२ मा सकिन लागेका कारण पनि सन् २००९ मा रियल पुगेका बेन्जेमा छिट्टै नै उनी रियलसँग सम्झौता गर्ने पनि आशा व्यक्त गरे । उनले भने: “एम्बाप्पे रियलमा ? भविष्यमा के हुन्छ हेरौं, तर उनलाई म्याड्रिडमा सधै स्वागत छ । उनीसँग रियल म्याड्रिडको खेलाडी हुने पुरै गुण छ । यो एक दिन पुरा हुनेछ ।’   

६ वर्ष पछि फ्रान्सको राष्ट्रिय टोलीमा पुनरागमन गरेका बेन्जेमा र एम्बाप्पे युरो कप २०२० मा पहिलो पटक सँगै खेल्ने छन् । 

Click to comment

Trending