Headline

अर्जेन्टिनाले कोपा अमेरिका आयोजना गर्न सक्दैन: कोनमेबोल

Published

on

दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले आर्जेन्टिनाले कोपा अमेरिका आयोजना गर्न नसक्ने निष्कर्ष निकालेको छ ।

कोभिड-१९ को दोस्रो भेरीएन्टले अर्जेन्टिनामा निकै तनावको स्थिती श्रीजना भएकाले उसले कोपा अमेरिका आयोजना गर्न नसक्ने कोनमेबोलले जनाएको छ ।

१० सहभागी देशका साथ जुन १३ देखी जुलाई १० सम्म अर्जेन्टिना र कोलमबियाले यो प्रतियोगिता आयोजना गर्ने भनिए पनि गएको साता मात्रै कोलमबियालाई सुरक्षाको प्रश्न उठाउदै सह-आयोजकको रूपमा हटाइएको थियो ।

“हामीले अर्जेन्टिनाको अहिलेको कोभिडको अवस्थालाई हेर्दाइ उसले कोपा अमेरिका गर्न नसक्ने निर्कर्ष निकालेका छौँ,” कोनमेबोलले जनाएको छ ।

अर्जेन्टिनामा पनि कोपा अमेरिका प्रतियोगिता आयोजना नगर्न धेरै मानिसहरुले आग्रह गरेका थिए । अब प्रतियोगिता कहाँ र कहिले हुने छ भन्ने बिषयमा कोनमेबोलले नयाँ बिज्ञप्ती निकाल्ने छ ।

Click to comment

Trending