Headline

नाक र आँखा नजिकको हड्डी भाँचिए पछि डि ब्रुन युरोको शंकामा

Published

on

च्याम्पियन्स लिग फाइनलको ५६ औँ मिनेटमा चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरसँग ठोकिन पुगेका बेल्जियम मिड्फिल्डर केवेन डि ब्रुनको नाक र आँखा नजिकको हड्डी भाँचिएको छ । यस्का साथै डि ब्रुनको युरो यत्रा शंकाको घेरामा परेको छ ।

युरो २०२० आउन १२ दिन मात्रै बाँकी रहेको अवस्थामा बेल्जियमका महत्वपूर्ण खेलाडी डि ब्रुन घाइते हुने पुगेका हुन् । जुन १२ मा रसियासँग आफ्नो पहिलो खेल खेल्दै गरेको बेल्जियमले डि ब्रुन खेल्ने वा नखेल्ने बारे केही बताएको छैन ।

डि ब्रुनले लगतार राम्रो प्रदर्शन गर्दै आएका छन् । प्रिमियर लिग र लिग कपको बिजेता बनेका डि ब्रुनले यो पटक च्याम्पियन्स लिग भने चुम्न पाएनन् ।

चेल्सीसँग १-० ले पराजित हुँदै सिटीले आफ्नो सपना पुरा गर्न पाएको थिएन । डि ब्रुनले आफ्नो इन्स्टाग्राममा आफ्नो नाक र आँखा नजिकको हड्डी भाँचिएको बताए पनि युरो बारे भने केही लेखेका थिएनन् ।

डि ब्रुन बेल्जियम टोलीका उप-कप्तान समेत हुन् ।

 

Click to comment

Trending