Headline

अब्दुल्लाहले दिएको मौकामा अब्बल साबित भएका डेब्युटेन्ट मनिष

Published

on

नेपालले इराक विरुद्ध खेल्दा शुरुवाती ११ मा डेब्यु गर्ने खेलाडी थिए मनिष डाँगी । नेपालका लागि उमेर समुहमा खेलिसकेका मनिष पहिलो रोजाईमा पर्दा निकै खुशी थिए । नेपाल ६-२ ले पराजित भए पनि डेब्युमै गोल मनिषले गोल गरेका थिए ।

२९ औँ  मिनेटमा सन्तोष तमाङले निकालेको निकै राम्रो थ्रु पासमा मनिषले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका थिए । “गोल गर्दा निकै खुशी त भए तर नतिजाले दुखी भने छु । अझै राम्रो गर्ने आशा छ,” मनिषले भने ।

मनिष दक्षिण कोरियामा बस्दै फुटबल खेल्दै आएका थिए । नेपालमा सि डिभिजन लिग देखि नेपाल सुपर लिग सम्म खेलेका मनिषले निकै मिहिनेत पछि नयाँ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको युवा टोलीमा स्थान मात्रै बनाएनन्, पहिलो खेलमा सबैको ध्यान आफु तिर तान्न समेत सफल भए ।

“नतिजा जस्तो सुकै आए पनि इराक जस्तो टोलीसँग खेल्न पाउँदा धेरै सिक्न पाए । हामी भन्दा निकै राम्रो खेलाडीहरुको बिपक्षी भएर खेल्दा निकै कुरा सिके पनि र खुशी पनि छु,” मनिषले थपे ।

मनिषलाई नेपाल सुपर लिगमा बिराटनगर सिटी एफसीका प्रशिक्षक यान लले निकै राम्रो सँग प्रयोग गरेका थिए । निकै मिहिनेती मनिषले युवा उमेरमा नेपालका लागि फिफा विश्ववारीयतामा १०२ स्थान माथि रहेको इराकलाई गरेको त्यो गोल सम्झन लायक रहने छ ।

नेपाली टोलीले अब विश्वकप तथा एसिया कप छनोट अन्तर्गत बाँकी रहेको तीन खेल खेल्न छ । नेपालले बाँकी रहेका खेलहरुमा जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्ने छ । यि खेलहरुमा पनि मनिषको प्रदर्शन कस्तो हुन्छ त्यो हेर्न लायक हुने छ ।

Click to comment

Trending