Headline

विश्वकप छनोटका बाँकी खेलका लागि नेपाल आजै कुवेत जाँदै

Published

on

इराकसँग मैत्रिपूर्ण खेल खेले पछि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार साँझ कुवेत जाने भएको छ । विश्वकप २०२२ र एसिया २०२३ को छनोट चरणका खेलहरु खेल्नका लागि नेपाली टोली कुवेत जान लागेको हो ।

नेपाली टोली बसरा अन्तराष्ट्रिय बिमानस्थलबाट इराकी समय अनुसार साँझ ६ बजे कुवेतका लागि उड्ने छ । कुवेतका खेलहरुका लागि अभ्यासका रुपमा नेपाली टोली इराक पुगेको थियो । इराकसँग ६-२ ले पराजित भए पनि नेपाली टोलीको खेल सुधारइेको अपेक्षा गरिएको छ ।

नेपाली टोलीले विश्वकप तथा एसिया कप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी रहेका खेलहरुमा जुन ३ मा चाइनिज ताइपेई जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग अन्तिम खेल बाँकी खेल्ने छ ।

नेपालले नेपालले पाँच खेल खेलिसक्दा चाइनिज ताइपेई माथि जित हात पार्दै तीन अंक बनाएको छ ।

Click to comment

Trending