Headline

ह्याभर्ट्जको १५ बर्ष देखिको अथक मिहिनेत

Published

on

चेल्सीका जर्मन फर्वार्ड काइ ह्याभर्ट्जले म्यानचेस्टर सिटीबिरुद्ध च्याम्पियन्स लिग फाइनलमा एक मात्र बिजयी गोल गरेपछि यो पलको लागि आफूले १५ बर्षदेखि मिहिनेत गरेको बताएका छन् ।

पोर्टोमा ह्याभर्ट्जले ४२ औं मिनेटमा गोल गरेपछि चेल्सीले ९ बर्षपछि बिश्व फुटबलको सबैभन्दा ठूलो क्लब प्रतियोगिाको उपाधि आफ्नो नाम लेखायो । यसअघि २०१२ मा बायर्न म्युनिखलाई पेनाल्टीमा पराजित गर्दै उपाधि जितेको चेल्सीका लागि ह्याभर्ट्जको त्यो पहिलो च्याम्पियन्स लिग गोल थियो ।

“मलाई थाहा छैन के भन्ने । मैले लामो समय कुरेको छु । म यो पलको लागि १५ बर्ष देखि मिहिनेत गर्दै आएको थिए । म निशब्द छु,” २१ बर्षिय ह्याभर्ट्जले भने ।

चेल्सी कप्तान सेजार अज्पिलिकेटाले युवा स्ट्राइकरको मुक्त कण्ठले प्रशंसा गरे । “ह्याभर्ट्जको मानसिकता माथिल्लो स्तरको छ । उनी एक दिन सुपरस्टार हुन्छन् । उनी बैतौड कुदिरहेका थिए र त्यसैले पनि यो पल उनकै लागि थियो,” उनले भने ।

“म यहाँ २०१३ मा च्याम्पियन्स लिग जितिसकेपछि मात्र आएको थिए । म त्यो सफलतालाई दोहोर्याउन चाहन्थे । यो पल साच्चिकै अविश्वसनीय छ । मेरो परिवार यही छ र मलाई आजको दिन बिशेष, निकै बिशेष रहनेछ,” अज्पिलिकेटाले थपे ।

फाइनलको म्यान अफ द म्याच घोषित फ्रेञ्च एनगोलो कान्टेले थोमस टुचेलको आगमनले चेल्सी परिवर्तन भएको बताए । जनवरीमा क्लब लेजेण्ड फ्रांक लाम्पार्डको स्थान लिएका टुचेलको आगमनपछि चेल्सी प्रिमियर लिगमा चौथो र एफए कपको फाइनलमा लेस्टर सिटीसँग पराजित भएपनि युरोपको राजा भने बनेको छ ।

“यो सबै नयाँ प्रशिक्षकको आगमनले नै भएको हो । हामीले आफ्नो रणनीतिमा बिशेष परिवर्तन ल्याएको थियौं र मिहिनेत पनि धेरै नै लागेको थियो,” कान्टेले भने ।

Click to comment

Trending