Headline

सिटीलाई हराउँदै चेल्सी ९ वर्ष पछि युरोपियन च्याम्पियन

Published

on

च्याम्पियन्स लिग २०२०/२०२१ को उपाधि चेल्सीले जितेको छ । म्यानचेस्टर सिटीलाई १-० ले हराउदै चेल्सी ९ वर्ष पछी प्रिमियर लिको च्याम्पियन बनेको हो । चेल्सीका लागि ४२ औँ मिनेटमा काई ह्वाभर्ट्जले गोल नै निर्णायक बन्न पुग्यो । मेसन माउण्टको उत्कृष्ट थ्रु पासमा ह्वाभर्ट्जले गोल गरेका थिए । उनको यो पहिलो च्याम्पियन्स लिग गोल पनि रह्यो ।

त्यस अघी पहिलो हाफमा दुवै टोलीले केही उत्कृष्ट गोल गर्ने मौकाहरु खेर फ्यालेको छ । चेल्सीका लागि १० औँ मिनेटमै टिमो वर्नरले गोल गर्न सकेका थिएनन् । यस्तै १५ औँ मिनेटमा पनि फेरी वर्नर चुक्न पुगे ।

सिटीको लगतारको आक्रमणलाई भने चेल्सीले बिफल बनाउदै आएको छ । २७ औँ मिनेटमा फिल फोडेनको मुभलाई चेल्सी डिफेन्डर रुडीगरले बिफल बनाए । यस्तै ३७ औँ मिनेटमा कायल वालकरको मुभलाई रुडिगरले किल्यर गर्दिए ।

पहिलो हाफमा सिटी र चेल्सी दुवैले ३ सट लिदा १ पोस्टमा राखेका छन् । पहिलो हाफमा चेल्सी डिफेन्डर थियागो सिल्भा चोटका सब्स्टिच्युट भएका छन् । उनको स्थान अन्द्रेस क्रिस्टेनसेनले लिएका छन् ।

दोस्रो हाफमा सिटीले धेरै मौका बनाएन । दोस्रो हाफमा निकै डिफेन्सिभ देखिएको चेल्सीले जित हात पर्‍यो । चेल्सीको यो दोस्रो च्याम्पियन्स लिग हो ।

Click to comment

Trending