Headline

कमजोर रक्षपंक्तिः नेपाल इराकसँग फराकिलो अन्तरले पराजित

Published

on

रक्षापंक्तिले निकै फितलो प्रदर्शन गर्दा नेपाल बलियो इराकसँगको एक मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा अग्रता लिएर पनि ६–२ को फराकिलो पराजित भएको छ ।

बासरामा पहिलो सात मिनेटमै पछि परेको नेपाललाई अन्जन बिष्टले श्रृजना गरेको आत्मघाती गोल र मनिष डाँगीको पहिलो अन्तर्राष्ट्रिय गोलपछि आधा घण्टा भित्रै नेपालले २–१ को अग्रता लिएको थियो । तर त्यसपछि भने इराकले पूर्ण तागत देखाउनुका साथै रक्षापंक्तिले निकै कमजोर प्रदर्शन गर्दा नेपाल नीरिह साबित भयो । नेपालले खाएको ६ मध्ये चार गोलमा नेपालकै गल्ति देखियो ।

मनिषले पेनाल्टी बक्स बाहिर फउल गर्दा पाएको फ्रि–किमा अब्दुल खशिनले सशक्त प्रहार गर्दै गोल गरेका थिए । खशिनको प्रहारलाई नेपाल नम्बर वान किरण चेम्जोङले ठम्याउन समेत सकेका थिएनन् । एक मिनेट भित्रै नेपालले बराबरी गोल फर्कायो । कमजोर पासको फाइदा उठाउदै अन्जनले प्रहार गरेको बल पोस्टतर्फ जादै गर्दा इराकी डिफेन्डरले क्लियर गर्न खोजेपछि गोल गर्न पुगेका थिए ।

१४ औं मिनेटमा इराकी डिफेन्स कमजोर प्रदर्शनमा पाएको बलमा अन्जन वान भर्सेस वान रहेको स्थितिमा फहाद तलिब रहिमले उत्कृष्ट बचाउ गर्दा नेपाल दोश्रो गोल गर्न चुकेको थियो । २९ औं मिनेटमा मनिषले नेपालको लागि पहिलो गोल गरे । उनले अफसाइड ट्रयाप बिट गर्दै मिडफिल्डबाट आएको बललाई सुन्दर ढँगले बक्स बाहिरबाट पोस्टको दिशा दिएका थिए ।

इराकले ३९ औं मिनेटमा बराबरी गोल फर्कायो । कर्नरबाट आएको बलमा मोहम्मदा ओबेदले हेडरमार्फत घरेलु टोलीलाई खेलमा फर्काएका थिए । त्यसको एक मिनेट भित्रै आयमेन गादबानले इराकलाई अग्रता दिलाए । रोहित चन्दको कमजोर ब्याक पासमा किरण ढिलो पुग्दा ओबेदले बल खोस्दै नेपाली गोलकिपरलाई बिट गर्दै सहज गोल गरेका थिए ।

इन्जुरी टाइमको पहिलो मिनेटमा नेपालले चौथो गोल खायो । ओबेदको सशक्त हेडर किरणको हातमा लागेपनि गोल भएको थियो ।

६७ औं मिनेटमा इराकले पाचौं गोल गर्यो । एक पटक फेरि नेपालको ब्याक पास त्यसको कारण बन्यो । सुमन अर्यालले किरणलाई कमजोर ब्याक पास दिदा मोहन्न्द अल समारीले बिचबाटै बल लिदै आरामले किरणलाई बिट गरेका थिए । ७५ औं मिनेटमा कर्नरमा बनेको मुभमा नेपाली डिफेन्सलाई कमजोर साबित गर्दै साजाद जासीमाले छैटौं गोल गरेका थिए । दोश्रो हाफको कुनै पनि समय नेपालले इराकलाई चुनौति दिन सकेन ।

Click to comment

Trending