Headline

बासरामा गोल बर्षाः नेपालबिरुद्ध इराकलाई ४–२ को अग्रता

Published

on

नेपालले इराकबिरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो हाफमा ४–२ ले पछि परेको छ । बासरामा जारी खेलमा नेपालका लागि एक गोल आत्मघाती रहेको थियो भने अर्को गोल मनिष डाँगीले गरेका थिए ।

नेपाल सातौं मिनेटमा नै खेलमा पछि परेको थियो । मनिष डाँगीले पेनाल्टी बक्स बाहिर फउल गर्दा पाएको फ्रि–किमा अब्दुल खशिनले सशक्त प्रहार गर्दै गोल गरेका थिए । खशिनको प्रहारलाई नेपाल नम्बर वान किरण चेम्जोङले ठम्याउन समेत सकेका थिएनन् ।

एक मिनेट भित्रै नेपालले बराबरी गोल फर्कायो । कमजोर पासको फाइदा उठाउदै अन्जनले प्रहार गरेको बल पोस्टतर्फ जादै गर्दा इराकी डिफेन्डरले क्लियर गर्न खोज्दा गोल गर्न पुगेका थिए ।

१४ औं मिनेटमा इराकी डिफेन्स कमजोर प्रदर्शनमा पाएको बलमा अन्जन वान भर्सेस वान रहेको स्थितिमा फहाद तलिब रहिमले उत्कृष्ट बचाउ गर्दा नेपाल दोश्रो गोल गर्न चुकेको थियो ।

२७ औं मिनेटमा किरणले गोल खानबाट नेपाललाई बचाएका थिए । २९ औं मिनेटमा मनिषले नेपालको लागि पहिलो गोल गरे । उनले अफसाइड ट्रयाप बिट गर्दै मिडफिल्डबाट आएको बललाई सुन्दर ढँगले बक्स बाहिरबाट पोस्टको दिशा दिएका थिए ।

इराकले ३९ औं मिनेटमा बराबरी गोल फर्कायो । कर्नरबाट आएको बलमा मोहम्मदा ओबेदले हेडरमार्फत घरेलु टोलीलाई खेलमा फर्काएका थिए । त्यसको एक मिनेट भित्रै आयमेन गादबानले इराकलाई अग्रता दिलाए ।

रोहित चन्दको ब्याक कमजोर ब्याक पासमा किरण ढिलो पुग्दा ओबेदले बल खोस्दै नेपाली गोलकिपरलाई बिट गर्दै सहज गोल गरेका थिए । इन्जुरी टाइमको पहिलो मिनेटमा नेपालले चौथो गोल खायो । ओबेदको सशक्त हेडर किरणको हातमा लागेपनि गोल भएको थियो ।

Click to comment

Trending