Headline

स्वान्सीलाई प्ले अफमा हराउँदै ब्रेन्टफोर्ड पहिलो पटक प्रिमियर लिगमा

Published

on

इङ्लिस फुटबलको दोस्रो डिभिजन च्याम्पियन्सशिपको प्ले अफ फाइनलमा स्वान्सीलाई २-० ले हराउँदै ब्रेन्टफोर्ड पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको छ ।

वेम्बलीमा भएको प्लेअफ फाइनलमा स्वान्सी २-० ले पराजित भएको थियो । खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको १० औँ मिनेटमा नै ब्रेन्टफोर्डका लागि इभान टोनेले पेनाल्टीमा गोल गरेका थिए । त्यस्को १० मिनेट नबित्दै फेरी ब्रेन्टफोर्डले दोस्रो गोल गर्‍यो । इमिलानो मार्कोनडेजले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० ले अगाडि बढाए ।

दोस्रो हाफमा ब्रेन्टफोर्डले आफ्नो गोल बच्चाउदा स्वान्सी भने ६५ औँ मिनेटमा १० खेलाडीमा सिमित हुन पुगेको थियो । दोस्रो हाफमा सन्वी निकै आक्रमक देखिए पनि गोल भने गर्न सकेन ।

ब्रेन्टफोर्डको चौँथो पटक फाइनलमा सफल भएको हो । ब्रेन्टफोर्ड चार पटक पहिले पनि फाइनल मा पुग्दै चुक्न पुगेको थियो ।

Click to comment

Trending