Headline

मनिष डाँगी र गौतम श्रेष्ठको राष्ट्रिय टोलीमा डेब्यु, यस्तो छ नेपालको शुरुवाती ११

Published

on

नेपाली राष्ट्रिय टोलीमा १९ वर्षिय मनिष डाँगी र डिफेन्डर गौतम श्रेष्ठले डेब्यु गर्ने भएका छन् ।

नेपाली राष्ट्रिय टोली र इराकी टोली दुवै विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटका लागि मैत्रिपूर्ण खेल्न लागेका हुन् । अनुभवी रोहित चन्द र अनन्त तामाङसँगै सुमन अर्याल र गौतमले नेपालको रक्षापंक्ति सम्हाल्ने छन् । मिडफिल्डमा मनिषसँगै पुजन उपरकोटी र सन्तोष तामाङलाई मौका दिइएको छ भने अग्रंक्तिमा अन्जन बिष्ट, सुमन लामा र नवयुग श्रेष्ठ रहेका छन् ।

इराकले नेपालसँग खेल्नु अघि नै ताजकिस्तानसँग मैत्रिपूर्ण खेलेको थियो । त्यसमा इराक गोलरहित बराबरीमा रोक्किएको थियो ।

नेपाल र इराक दुवैले विश्वकप छनोट अन्तर्गत आफ्नो तीन–तिन खेल खेल्न बाँकी रहेको छ । इराक आफ्नो समुहमा अपराजित रहेको छ । नेपाल भने तीन अंक सहित पाँचौ स्थानमा छ । इराकले कम्बोडिया विरुद्ध जुन ७ मा खेल्दै छ भने जुन ११ मा हङकङ र जुन १५ मा इरान विरुद्ध खेल्दै छ ।

खेल नेपाली समय अनुसार रातको १०ः१५ मा सुरु हुने छ ।

इराक विरुद्ध दुई दशक पछि खेल्दै गरेको नेपालको प्लेयिङ्ग  ११ यस्तो छ:

Click to comment

Trending