अन्तर्राष्ट्रिय

रोकिएको आईपीएल विश्वकप अघि सुरु गर्दै बिसीसीआई 

Published

on

भारती क्रिकेट बोर्ड (बिसीसीआई) ले ट्वान्टी ट्वान्टी विश्वकप अघि स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल गर्ने भएको छ ।

बिसीसीआईको आज बसेको विशेष साधारण सभाले सेप्टेम्बर-अक्टोबरमा रोकिएको आईपीएलको बाँकी खेलहरु  युएईमा गर्ने निर्णय लिएको हो । बिसीसीआईले आईपीएलको मिति सार्वजनिक नगरे पनि सेप्टेम्बर १८ देखि अक्टोबर १२ सम्मको समयमा आईपीएल गर्नका लागि विचार गरेको बुझिएको छ ।

यस अघि सहभागी टोलीका खेलाडीहरुमा कोरोना संक्रमण भेटिए पछि मे चारमा २९ वटा खेल पश्चात रोकिएको आईपीएलको बाँकी खेल अब युएईमा गर्ने पनि योजनामा रहेको छ ।

त्यस्तै बिसीसीआईले आईपीएल आयोजना गर्नका लागि यसै बर्ष आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप सार्नका लागि पनि पहल गर्न लागेको हो । उसले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लाई अक्टोबर-नोभेम्बरमा आयोजना हुने भनिएको ट्वान्टी ट्वान्टी विश्व सार्नलाई पनि आग्रह गरेको छ । उसले भारतमा हाल कोरोना संक्रमण उच्च रहेको र अक्टोबर-नोभेम्बर सम्ममा स्थिति सामान्य नभए पछि मिति सारेर स्थिति सामान्य भए पछि भारतमा नै ट्वान्टी ट्वान्टी विश्वकप आयोजना गर्न भनेको छ । बिसीसीआईले अहिले रोकिएको आईपीएल सुरु गरेको खण्डमा विश्वकप भन्दा एक हप्ता अघि मात्र सकिने छ ।

ट्वान्टी ट्वान्टी विश्वकपको भविष्यको छलफल गर्न जुन १ तारिकमा बस्ने निर्णय कार्यकारीहरुको बोर्ड बैठकले लिनेछ । उसले ट्वान्टी ट्वान्टी विश्वकप भारतमा नै आयोजना गर्ने कि अन्यत्र सार्ने भन्ने विषयमा छलफल हुने जनाएको थियो । तर बिसीसीआईले अब विश्वकपको मिति पछि धकेल्न भने पछि के गर्ने भन्ने विषयमा पनि छलफल हुने देखिएको छ ।

यस अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतमा आयोजना हुने अवस्थामा नरहेको खण्डमा युएईमा नै भए पनि तोकिएको समयमा नै गर्ने जनाएको थियो । सन् २०२० मा अष्ट्रेलियामा तथा सन् २०२१ मा भारतमा आयोजना हुने तय भएको विश्वकप कोरोनाका कारण अष्ट्रेलियाको प्रतियोगिता सन् २०२२ लाई सारिएको थियो भने सन् २०२१ को भारतले नै आयोजना गर्ने आईसीसीले निर्णय लिएको थियो ।

तर सन् २०२० मा अष्ट्रेलिया रहेको भन्दा पनि हाल भारतमा रहेको अवस्था नाजुक छ । हाल भारतमा कोरोनाका कारण दुई लाख भन्दा धेरै संक्रमिक दिनकै बढेको छ भने मृत्यु हुनेको संख्या पनि पाँच हजारको हाराहारीमा रहेको छ ।

Click to comment

Trending