Headline

नेपाल भर्सेस इराकः के भन्छन् दुई प्रशिक्षक ?, हेड टु हेड, प्लेयर्स टु वाच र सम्भवित ११

Published

on

नेपाली राष्ट्रिय फूटबल टोलीले इराकसँग २० वर्ष पछि खेल्दै छ । मार्च २९ मा आफ्नो अन्तिम खेल खेलेको नेपालले उक्त खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको उपाधि समेत जितेको थियो । निकै व्यस्त रहँदै आएको नेपाली रष्ट्रिय टोलीको यो तीन महिनाको अन्तरालमा चौथो खेल हो भने तेश्रो अन्तर्राष्ट्रिय ।

नेपाली राष्ट्रिय टोली र इराकी टोली दुवै विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटका लागि मैत्रिपूर्ण खेल्न लागेका हुन् । इराकले नेपालसँग खेल्नु अघि नै तजिकिस्तानसँग मैत्रिपूर्ण खेलेको थियो । त्यसमा इराक गोलरहित बराबरीमा रोक्किएको थियो ।

नेपाल र इराक दुवैले विश्वकप छनोट अन्तर्गत आफ्नो तीन–तिन खेल खेल्न बाँकी रहेको छ । इराक आफ्नो समुहमा अपराजित रहेको छ । नेपाल भने तीन अंक सहित पाँचौ स्थानमा छ । इराकले कम्बोडिया विरुद्ध जुन ७ मा खेल्दै छ भने जुन ११ मा हङकङ र जुन १५ मा इरान विरुद्ध खेल्दै छ ।

खेल नेपाली समय अनुसार रातको १०ः१५ मा सुरु हुने छ ।

के भन्छन् प्रशिक्षकहरु ?

स्रेको कटानेकः मुख्य प्रशिक्षक  इराक 

 

“हामीले यसअघि पनि ताजकिस्तानसँग गोलरहित बराबरी खेलेका थियौँ र नेपालसँग नि खेल्न सक्छौँ । होला उनीहरु निकै तल्लो वरियतामा छन् तर त्यसको मतलब यो होइन कि हामी उनीहरुलाई कमजोर ठान्छौँ । मैत्रिपूर्ण खेल विश्वकप छनोटका लागि तयारी होस भनेर गरिएको हो र हामी नेपाल विरुद्ध खेल्दा राम्रो खेल देखाउने छौ ।”

अब्दुल्लाह अल्मुताइरीः मुख्य प्रशिक्षक  नेपाल 

“मैले पहिले पनि भनेको छु नेपालले अट्याकिङ फुटबल खेल्ने छ र इराक विरुद्ध मेरो युवा टोली पनि त्यही मनस्थितीका साथ मैदान उत्रने छ । अष्ट्रेलिया र जोर्डन जस्ता ठुला देशसँग खेल्नु अघि अरब देशकै बलियो मनिएको इराकसँग खेल्नु निकै राम्रो तयारी पनि हो । युवा खेलाडीले राम्रो मौकाको फाईदा लिने छन् भन्ने आशा गरेको छु । इराकको यो गर्मी र कुवेतको तातो मौसम उस्तै छ त्यसले गर्दा खेलाडीहरुलाई केही फाईदा हुनेछ तर यो खेलमा आफ्नो अब्बल देखाउने हो भने इराकलाई हामीले राम्रो चुनौति दिन सक्छौं ।”

हेड टु हेड

नेपाल र इराकले एक अर्का विरुद्ध मात्रै तीन खेल खेलेका छन् । सबै खेलमा इराक हावी भएको छ । इराकले नेपाललाई सबै भन्दा ठुलो गोल अन्तर (९–१) ले पराजित गर्दा ४–२ र ३–० अन्य दुई सांघुरा जित रहेको मान्न सकिन्छ ।

प्लेयर्स टु वाच

आयुश घलान

नेपाल सुपर लिग मा पोखरा थन्डर्समा खेलेका आयुश घलान १७ वर्षका मात्रै भए । उनी यसै वर्षको बि डिभिजन लिग खेलेका थिए । खुमल्टार युथ क्लबबाट खेलेका आयुशले बि डिभिजनमा ५ गोल गरेका थिए । मिडफिल्डमा राम्रो बल होल्ड गर्न सक्ने र थ्रु पासमा निकै राम्रो मुभ बनाउने आयुशलाई प्रशिक्षक अब्दुल्लाहले पहिलो चरणको सुचीमा भने राखेका थिएनन् । तर, नेपाल सुपर लिगमा पोखरा थन्डर्सले बिराटनगर विरुद्ध खेल्दा आयुशको प्रदर्शन निकै राम्रो देखे पछि अब्दुल्लाहले उनलाई दोस्रो चरणको सुचीमा राखेका थिए ।

अली अदनान

अग्लो कद र सेट पिसमा निकै खतरनाक देखिने अली अदनान इराकका लेफ्ट ब्याक हुन् । उनी अमेरिकी फुटबल लिग मेजर लिग सकरमा भ्यानकुभर ह्वाइटक्यापबाट खेल्ने गर्छन् । इराकीहरु उनलाई इराकको उत्कृष्ट डिफेन्डर मन्ने गर्छन् । अदनानले इटालियन क्लब एटलान्टा र डच क्लब उडिनेसेबाट खेलिसकेका छन् ।

सम्भवित ११

नेपालः ४ ३ ३ 

 

इराकः ३ १ ४ २ 

Click to comment

Trending