अन्तर्राष्ट्रिय

विश्वकप छनोटको आधार रहेको सुपर लिगको पहिलो शृंखला खेल्दै नेदरल्यान्ड्स 

Published

on

नेदरल्यान्ड्सले एकदिवसीय विश्वकप २०२३ को छनोटको आधार रहेको सुपर लिगको आफ्नो पहिलो शृंखला खेल्ने भएको छ ।

नेदरल्यान्ड्सले आफ्नो पहिलो शृंखलामा आयरल्याण्डको सामना गर्दैछ । नेदरल्यान्ड्सको अट्रेचमा हुने खेलहरु जुन दुई, चार र सात तारिखमा खेलिने छ ।

नेदरल्यान्ड्सले उक्त शृंखलाको लागि पिटर सेलारको कप्तानीमा १५-सदस्यिय टोली पनि सार्वजनिक गरेको छ । टिम भान डर गगटेन, फ्रेड क्लासेन र ब्रेण्डन ग्लोभरले टोलीमा स्थान बनाउन सफल भएका छन् भने स्कटल्याण्ड विरुद्ध हालै सम्पन्न दुई एकदिवसीय शृंखला खेलेका पौल भ्यान मेकेरिनले भने टोलीमा स्थान सुरक्षित गर्न सकेनन् ।

सन् २०१५-१७ सम्म आयोजना भएको आईसीसी वर्ल्ड क्रिकेट लिगमा पहिलो स्थान हात पारे पछि नेदरल्यान्ड्सले १२ टेस्ट मान्यता राष्ट्रहरुसँगै सुपर लिग खेल्ने अवसर पाएको हो ।

नेदरल्यान्ड्स टोली – पिटर सेलार, स्कट एडवार्ड, म्याक्स ओ’डाउड, स्टेफेन माईबर्ग, बेन कुपर, बास डे लिडे, टिम भान डर गगटेन, लोगन भान बिक, फ्रेड क्लासेन, फिलिप्पे बोइसेभेन, भिभियन किङ्गमा, ब्राण्डन ग्लोभर, टोबियस भिसे, मुसा नदिम अहमद, सकिब जुल्फिकर

Click to comment

Trending