Headline

डोनारोम्मा सात वर्ष पछि मिलान छोड्दै

Published

on

इटालियन क्लब एसी मिलनका फुटबल निर्देशक पाउलो माल्डिनीले २२ वर्षिय गोलरक्षक गिएन्लुइगी डोनारोम्माले यसै समर विन्डोमा क्लब छोड्ने बता एका छन् । डोनारोम्मा ‘फ्री एजेन्ट’ को रुपमा क्लब छोड्ने छन् । यस्को मतलब मिलानले उनी अन्य क्लब गए बापत कुनै पैसा पाउने छैन ।

१६ वर्षिको उमेरमा मिलानका लागि डेब्यु गरेका डोनारोम्मा ८ वर्ष देखी एसी मिलन एकेडेमीमा रहेका थिए । उनको सम्झैता यसै महिना सकिदै गर्दा उनलाई रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर युनाइटेड र सेरी आ प्रतिद्वन्धी जुभेन्टसले क्लब भित्र्याउन खोजी रहेको छ ।

“हामीले मिलानलाई आदर देखाउनेलाई यस्तै आदर देखाउनु पर्छ र डोनारोम्माले हामीलाई कहिले पनि नराम्रो मानेनन् र मिलानका लागि यती वर्ष खेले । म उसले लिएको निर्णयको स्वागत गर्दै शुभकामना मात्रै दिन सक्छु,” मिलन लेजेण्ड माल्दिनीले भने ।

“हामीले यो समयमा सबै खेलाडीलाई धन्यवाद त दिनै पर्छ तर पनि ‘जिजी’ हाम्रो लागि निकै महत्वपूर्ण रहे उनी हाम्रा कप्तान हुन त्यही कारणले पनि।” उनले थपे ।

२२ वर्षका डोनारोम्मालाई इटालीको उत्कृष्ट गोलरक्षकको रुपमा हेरिन्छ । उनले मिलानका लागि मात्रै २०० भन्दा धेरै खेल खेलेका छन् ।

मिलान उनको प्रतिस्थापन सुरक्षित गर्दै भर्खरै फ्रेन्च लिग वान च्याम्पियन गोलरक्षक लिलेका माइक मैग्ननलाई हेरिसकेको छ ।

Click to comment

Trending