Headline

कोन्टेले छोडे इन्टर मिलान

Published

on

क्लबलाई ११ वर्ष पछि सेरी आ को उपाधि जिताएका प्रशिक्षक एन्टोनियो कोन्टेले इन्टर मिलाअन छोडेका छन् । क्लबसँगको आपशी साझेदारीमा उनले क्लब छोडेका हुन् ।

इन्टर अहिले ठुलो आर्थिक संकट गुझ्रिरहेको छ । इन्टरको स्वामित्व रहेको चिनिया समुह सुनिङले आर्थिक भार खेप्न नसक्ने कारण कोन्टेलाई तलबमा केहि प्रतिशत कम गर्न र केहि खेलाडी बेच्न आग्रह गरेको थियो । तर, कोन्टेले कुनै पनि सर्त स्विकार्य नहुने भन्दै क्लब छोडेका हुन् ।

कोन्टे इन्टर मिलानमा दुई सिजन रहे । जहाँ उनले इन्टरलाई पहिलो सिजन युरोपा लिगको फाइनल पुर्याएका थिए भने । दोस्रो सिजन ११ वर्ष पछि सेरी आ को च्याम्पियन बनाएका थिए ।

क्लबले आफुले राख्न चाएको खेलाडीहरु बेच्ने भए पछि उनले साझेदारीमा क्लब छोड्ने निर्णय लिएका थिए । इन्टरले राइट ब्याक अस्रफ हाकिमी सहित लौटारो मार्टिनेज र रोमेलु लुकाकुलाई पनि बेच्ने प्रयास गर्ने छ ।

रियल म्याड्रिडले जिदान क्लबबाट निस्किए पछि एल्गेरी पहिलो प्राथमिकता र कोन्टेलाई दोस्रो प्राथमिकतामा राखेको छ । कोन्टेलाई इङ्लिश क्लब टोटेनह्यामले पनि भित्र्याउने हल्ला छ ।

 

Click to comment

Trending