Headline

रियलका प्रशिक्षक जिदान क्लब छोड्दै

Published

on

स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छोड्ने भएका छन् । जिदानले आफु क्लब छोड्ने मनसायमा पुगेको क्लबका निर्देशकलाई जानकरी दिएको स्पेनिश संचार मध्यामले बताएका छन् ।

यस अघी पनि २०१८ मा पहिलो कार्यकाल पछि रियल छोडेका जिदानको यो दोस्रो कार्यकाल चल्दै थियो । जिदानले पहिलो कार्यकालमा तीन युएफा च्याम्पियन्स लिगको उपाधि जिताउँदा दोस्रो कार्यकालमा उनले एक ला लिगा जिताउन सफल भएका थिए । यस सिजन भने रियल म्याड्रिड दोस्रो स्थानमा रहेको थियो ।

कुनै पनि खेलाडीमा खर्च नगरिरहेको रियल म्याड्रिडलाई जिदानले निकै उत्कृष्ट तरिकाले व्यवस्थापन गरेको समर्थकहरुको बुझाई थियो। जिदानले सिजनको अन्त्यसँगै आफ्नो भविष्य बारे थाहा हुने बताउँदै आएका थिए । क्लब लेजेण्ड पनि रहेका जिदान क्लबसँग सम्झौता सकाउँदै छोड्ने निर्णय लिएका हुन् ।

यस्तै रियल म्याड्रिडमा मुख्य प्रशिक्षकको स्थान खाली भएसँगै भर्खर पद मुक्त भएका इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे र लामो समय देखी क्लब बिहिन रहेका एल्गेरी रियल आउने चर्चा रहेको छ ।

 

Click to comment

Trending