Headline

डे गया पेनाल्टीमा चुक्दा युनाइटेडलाई हराउँदै भिल्लारियल पहिलो पटक युरोपा लिग च्याम्पियन

Published

on

म्यानचेस्टर युनाइटेडलाई सडेन देथमा १०-११ ले हराउँदै स्पेनिस क्लब भिल्लारियलले पहिलो पटक युरोपा लिगको उपाधी जितेको छ ।

अन्तिम पेनाल्टीमा युनाइटेडका डेभिड डे गयाको पेनाल्टीलाई भिल्लारियलका गोलरक्षक जेरेमो रुलिले बचाए पछि भिल्ला रियल च्याम्पियन भएको हो ।

कुल ९० मिनेट सहित ३० मिनेटको एक्स्ट्रा टाइम १-१ मा सकिए पछि खेल पेनाल्टी शुटआउटमा गएको थियो ।

खेलमा भिल्लारियलका लागि जेराड मरेनोले पहिलो गोल गरे पनि दोस्रो हाफमा युनाइटेडका लागि एडिसन कभानीले बराबरी गोल गरेका थिए ।

पहिलो हाफको सुरुको समयमा म्यान्चेस्टर युनाइटेडले अक्रमण गरे पनि गोल भने गर्न सकेको थिएन । युनाइटेडको खेल बुझै खेलेको भिल्लारियलले सबै मुभ काउन्टर अट्याकमा बनाएको थियो । २९ औँ मिनेटमा फ्रीकिकबाट आएको बललाई मरेनोले हाफ भलीमा गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले भिल्लारियल अघि रहे पनि दोस्रो हाफमा युनाइटेडले बराबरी गोल फर्काएको थियो । ५५ औँ मर्कस रासफोर्डको लामो दुरिको प्राहार भिल्लारियलको डिफेन्डरलाई लाग्दै आए पछि  एडिसन कभानीले गोल गरेका थिए ।

दोस्रो हाफमा पनि भिल्लारियलको डिफेन्सलाई व्यस्त राखेको युबाइटेडले धेरै मौकाहरु खेर फ्यालेको थियो । ७० औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टी बक्समा निकालेको पासमा रासफोर्ड चुक्न पुगे ।

९० मिनेट पछि थपिएको एक्स्ट्रा टाइममा पनि खेल १-१ को बराबरी भए पछि खेल पेनाल्टी शुटआउटमा पुग्दा दुवै टोलीले कुल २१ पेनाल्टी हानेका थिए ।

भिल्लारियललाई पहिलो युरोपियन कपको उपाधि जिताएका उनाई एम्रेले भने व्यक्तिगत चौँथो युरोपा लिगको उपाधि उचालेको हो ।

Click to comment

Trending