Headline

रियल, बार्सा र युभेन्टसलाई कारबाही गर्दै युएफा

Published

on

युरोपियन फुटबलको सर्बोच्व निकाय युएफाले स्पेनिस क्लबहरु रियल म्याड्रिड र बार्सिलोना तथा इटालियन क्लब युभेन्टसलाई कारबाही अगाडी बढाउने भएको छ । युएफाले हालका लागि स्थगित भएको युरोपियन सुपर लिगमा आबद्ध भएकोमा कारबाही गर्न लागेको घोषणा गरेको छ ।

सुरुवातमा युरोपियन लिगमा १२ वटा क्लब आबद्ध भए पनि रियल, बार्सा र युभेन्टसले आफु यसबाट पछि हटेको र युएफासँगको प्रतिबद्धताका बारेमा केहि खुलाएका छैनन् ।

“हामीले रियल, बार्सा र युभेन्टस सुपर लिगमा आबद्ध भएको बारेमा छानबिन सुरु गरेका थियौं । दुई हप्ता अघि गरिएको उक्त छानबिनका क्रममा तीन क्लबहरुले युईएफएको अनुशासन उल्लंघन भएको पाइएको छ,” युएफाले विज्ञप्ति जारी गर्दै भनेको छ ।

यदि सुपर लिग संचालन भएको खण्डमा त्यसमा आबद्ध क्लबले आफ्नो राष्ट्रिय प्रतियोगितामा सहभागिता नपाउने तथा त्यसका खेलाडीहरुले आफ्नो देशका लागि खेल्न नपाउने युएफाले चेतावनी दिए पछि प्रिमियर लिगका ‘बिग सिक्स’ क्लबहरु म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, लिभरपुल, चेल्सी, आर्सनल र टोटनह्याम लगातयत अन्य तीन क्लबहरु एसी मिलान, इन्टर मिलान र एट्लेटिको म्याड्रिडले आफ्नो नाम फिर्ता लिएको थियो ।

तर रियल, बार्सा र युभेन्टसले आफ्नो अगुवाईमा गरेको युरोपियन सुपर लिगलाई युएफाले कारबाही गर्ने जनाए पछि तीन क्लबहरुले कानुनी लडाई लड्ने जनाएका थिए । त्यस्तै उसले केहि समय अघि यस प्रतियोगिता हालको लागि स्थगित गरिएको पनि जनाएको थियो ।

“धेरै क्लबहरुले दवाबका कारण नाम फिर्ता लिए पछि अब हामी प्रतियोगितालाई केही समयका लागि रोक्ने छौँ,” युरोपियन सुपर लिगले एक बिज्ञप्तीमा लेखेको थियो । “वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै हामी पूरै फुटबल क्लबहरुको भुक्तानी बढाउँदै प्रशंसकहरूलाई नयाँ अनुभव प्रदान गर्ने हाम्रो लक्ष्यहरूलाई मनमा राख्दै यस परियोजनालाई पुनः आकार दिन सबैभन्दा उचित कदमहरूको पुनर्विचार गर्नेछौं ।”

धेरै क्लबका समर्थक, अन्य क्लब, प्रस्तोता, बिश्लेषकले यो प्रतियोगिताले ठुलो क्लबलाई मात्र हेरेको र यो प्रतियोगिता मन्य नहुने भन्दै चर्को आलोचना समेत गरेका थिए ।

यदि युएफाले कारबाही गरेको खण्डमा तीन क्लबहरुले दुई बर्षका लागि च्याम्पियन्स लिग तथा यूरोपा लिग खेल्न पाउने छैनन् ।

Click to comment

Trending