Headline

युरोपा लिग फाइनल: भिल्लारियललाई हराउँदै ट्रफी सहित सिजनको अन्त्य गर्ने युनाइटेडको चाहना

Published

on

होजे मोउरिन्होले २०१७ युरोपा लिगको उपाधी जिताए यता इङ्लिश क्लब म्यानचेस्टर युनाइटेड २०२१ मे ७ सम्म कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको थिएन । ओले गुनार सोल्सायर प्रशिक्षक भए यता प्रिमियर लिगमा पहिलो पटक शिर्ष दुईमा स्थान बनाएको युनाइटेडलाई युरोपा लिगको ट्रफी सहित यो सिजन अन्त्य गर्ने मौका छ ।

युनाइटेडका लागि ह्यारी मग्वायर चोट बोके पनि टोलीमा रहेका छन् भने एन्थोनी मार्सियालले टोलीमा स्थान बनाएका छैनन् ।

स्पेनिस क्लब भिल्लारियल भने पहिलो पटक कुनै युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको हो । सर्वधिक युरोपा कप जितेका प्रशिक्षक उनाइ इम्रेको यो छैँठौ युरोपा फाइनल हो । यसै सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको भिल्लारियललाई पहिलो पटक युरोपियन ट्रफी जित्ने अवसर छ ।

पोल्यान्डको गान्डक्समा हुने फाइनल खेलमा सिमित दर्शकलाई मात्र उपस्थिती दिएको छ ।

भिल्लारियल र युनाइटेड पाँचौँ पटक आमने–सामने हुन लागेका हुन् । यसअघि सन् २००५–०६ मा र सन् २००८–०९ मा च्याम्पियन्स लिगमा यी दुईले एक–अर्काको सामना गरेका थिए । यि दुई टोली बिच पछिल्ला चार खेल गोलरहित बराबरीमा सकिएको छ ।

यो फाइनल खेल युनाइटेडका लागि आठौँ युरोपियन फाइनल खेल हो । सात फाइनल खेल्दा युनाइेटले पाँच पटक उपाधि जितेको छ । भिल्लारियलको भने यो क्लब इतिहासको पहिलो पटक युरोपियन फाइनल हुने छ ।

खेल नेपाली समय अनुसार मध्यराती १२:४५ बजे सुरु हुने छ ।

Click to comment

Trending