Headline

नेपाल सुपर लिगबाट बिराटनगरका प्रशिक्षक यान ल सहित तीन अफिसियलहरु प्रतिबन्धमा

Published

on

नेपालको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को अनुशासन समितीले बिराटबगर सिटी एफसीका प्रशिक्षक यान ल सहित तीन अफिसियललाई प्रतिबन्ध लगाएको छ । यस्तै बिराटनगरलाई पनि एक लाख नेपाली रुपैयाको जरिवाना तोकेको छ ।

अनुशासन समितीले यान ल लाई एक वर्ष प्रतिबन्ध सहित ५० हजार जरिवाना, क्लबका सहायक प्रशिक्षक निशान श्रेष्ठ, निर्देशक सोनम घले र सहायक व्यवस्थापक मिलन गुरुङलाई तीन खेलको प्रतिबन्ध लगाएको छ ।

ललितपुर सिटी एफसी विरुद्ध खेल्दै गर्दा खेलाडीहरुलाई मैदान छोड्न उक्साएको आरोपमा नेपाल सुपर लिगले कारबाही गर्न लागेको हो । खेलमा सुरु देखी नै आक्रमाक देखीएको बिराटनगरको डगआउट दोस्रो हाफको ६२ औँ ललितपुरका लागि बिमल रानाले गोल गरे पछि झन तनाव थपिएको थियो । कप्तान रन्जित धिमाल पनि अक्रमाक हुँदै मैदान छोड्दा  अन्तिम समय सम्म विदेशी खेलाडी पेद्रो मान्जी र सन्तोष तमाङ मात्रै मैदानमा थिए ।

खेलको छैठौँ मिनेट देखीनै रेफ्री कबिन ब्यन्जन्कारको निर्णय प्रती आक्रोसित देखिएको बिराटनगरको डगआउट खेल भरी तनावमा रह्यो । ललितपुरले खेल ४-० ले जित्दै प्लेअफमा स्थान बनाएको थियो ।

नेपाल सुपर लिगले निकालेको निर्कर्षमा प्रशिक्षक यान ल ले लगतार अफिसियललाई अपशब्द बोल्नुका साथै टच लाइन पनि नाघेको आरोप छ । नेपाल सुपर लिगको अनुशासन समितीमा एन्फा र नेपाल स्पोर्टस एण्ड एभेन्ट म्यानेजमेन्टका पदाअधिकारीहरु रहेका छन् ।

यान ल ले भने खेल सकिए पछि पनि पोस्ट म्याच कन्फ्रेन्समा रेफ्रीले लगतार बिराटनगर प्रती निर्णय नदिएको र रेफ्री ललितपुर निवासी भएका कारण निर्णयहरु राम्रो नदिएको बातएका थिए । खेलमा दुई पेनाल्टी अपिललाई रेफ्री कबिन ब्यान्जन्कारले अस्विकार गर्दिएका थिए ।

Click to comment

Trending