Headline

मोड्रिच रियल म्याड्रिडमा नै रहने 

Published

on

भेट्रान मिडफिल्डर लुका मोड्रिच रियल म्याड्रिडमा नै रहने भएका छन् । रियलले मोड्रिचसँग एक बर्षको सम्झौता गरेको र उनी अर्को सिजन सम्म रियलबाट नै खेल्ने जनाएको हो ।

सन् २०१८ को बालन डि’ओर विजेता ३५ बर्षिय मोड्रिचले रियलका लागि सबै प्रतियोगितामा गरेर कुल ३९१ खेल खेलेका छन् । रियलका लागि २८ गोल र १६ असिस्ट गरेका उनले चार च्याम्पियन्स लिग, दुई ला लिगा, एक कोप डेल रे र तीन फिफा क्लब विश्वकप पनि जितेका छन् । उनले यस सिजन ४८ खेल खेल्दै छ गोल गरेका थिए ।

सन् २०१२ मा ३० मिलियन पाउण्डमा टोटनह्यामबाट रियल आएका मोड्रिचको सम्झौता यसै सिजनको अन्त्यसँगै सकिएको थियो । अब उनी जुन ३०, २०२२ सम्म रियलमा नै रहने छन् ।

रियलमा अर्को एक बर्षको सम्झौता गर्दा मोड्रिचले सामाजिक सन्जल मार्फत खुशी व्यक्त गरेका छन् । ‘विश्वको सबैभन्दा उत्कृस्ट टोलीको जर्सी लगाउन जारी राख्न पाउँदा निकै खुशी र गौरवान्धित छु,’ मोड्रिचले ट्विट गरे ।

Click to comment

Trending