Headline

च्याम्पियन्स लिगको फाइनलमा १६ हजार दर्शकले प्रवेश पाउने 

Published

on

शनिबार पोर्टोमा हुने च्याम्पियन्स लिगको फाइनलमा १६ हजार पाँच सय दर्शकले प्रवेश पाउने भएका छन् । युरोपियन फुटबलको सर्बोच्व निकाय युएफाले दर्शकलाई प्रवेश दिने भन्दै टिकट खुल्ला गरेको हो ।

पोर्चुगल सरकारले स्विकृत गरेपछि फाइनल आयोजना हुने रंगशाला इस्टाडियो डो ड्रागावको कुल दर्शक क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश दिन लागिएको हो । यस अघि नै युएफाले फाइनल खेल्ने दुबै क्लब, चेल्सी र म्यानचेस्टर सिटीका ६-६ हजार दर्शकलाई प्रवेश दिने जनाएको थियो ।

यस बाहेक केहि टिकट आमन्त्रितहरुका लागि छुट्टाइएको छ भने १७ सय टिकट मात्र अन्य समर्थकका लागि छुट्टाइएको छ । युएफाले पहिले आउनेलाई प्राथमिकता दिने पनि जनाएको छ ।

त्यस्तै युएफाले आज हुने म्यानचेस्टर युनाइटेड र भिल्लारियल बीचको युरोपा लिग फाइनलको टिकटको मुल्य ४० देखि १३० युरो तथा च्याम्पियन्स लिगको टिकटको मुल्य ७० देखि ६०० युरो तोकेको छ ।

कोरोनाका कारण रंगशाला भित्र प्रवेश पाउनका लागि समर्थकहरुले कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट पनि पेस गर्न पर्ने हुन्छ । दुबै इङ्ग्लिस क्लबहरु फाइनल खेल्न लागेका कारण चेल्सी र सिटीका समर्थकहरुले इंग्ल्यान्ड फर्के पछि क्वारेन्टिनमा पनि बस्न नपर्ने युएफाले जनाएको छ ।

यस अघि इस्तानबुलमा आयोजना हुने भनिएको च्याम्पियन्स लिग फाइनल टर्कीमा कोरोना संक्रमण दर उच्च हुँदा धेरै देशले आवतजावत गर्न कडाई गरेका कारण पोर्चुगल सारिएको हो ।

Click to comment

Trending