अन्तर्राष्ट्रिय

रहिमको शतकमा श्रीलंका विरुद्ध बंगलादेशलाई किर्तिमानी शृंखला 

Published

on

श्रीलंकालाई दोश्रो एकदिवसीय खेलमा डकवर्थ नियम अनुसार १०३ रनले पराजित गर्दै बंगलादेशले एक खेल अगावै किर्तिमान शृंखला हात पारेको छ । तीन खेलको शृंखलामा २-० को अग्रता कायम गर्दा बंगलादेशले श्रीलंका विरुद्ध जितेको यो पहिलो शृंखला हो । अब बंगलादेशले इंग्ल्यान्ड र अष्ट्रेलिया विरुद्ध मात्र शृंखला जित्न बाँकी छ ।

त्यस्तै आजको खेलमा जीत निकाल्दै बंगलादेश इंग्ल्यान्ड, अष्ट्रेलिया र पाकिस्तानलाई पछि पार्दै विश्वकप सुपर लिगको अंक तालिकाको शिर्ष स्थानमा पनि उक्लिएको छ । आठ खेल खेलेको बंगलादेशको पाँच जितका साथ ५० अंक रहेको छ भने इंग्ल्यान्ड, अष्ट्रेलिया र पाकिस्तानको समान ४०-४० अंक रहेको छ ।

बंगलादेशले श्रीलंकालाई २४७ रनको लक्ष्य दिएको भए पनि वर्षा बाधक बन्दा श्रीलंकाले ४० ओभरमा २४५ रनको लक्ष्य पायो । तर उसले पुरै ४० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १४१ रन मात्र बनाउन सक्यो ।

बंगलादेशलाई शृंखला दिलाउने क्रममा बलिङमा मेहिदी हसन मिराजले र मुस्तफिजुर रहमानले समान ३-३ विकेट लिए भने शकिब अल हसनले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । मिराजले १० ओभरमा २८ तथा रहमानले छ ओभरमा १६ रन मात्र खर्चिए ।

श्रीलंकाको लागि दनुश्का गुनाथिलाकाले सर्वाधिक २४ तथा पथुम निससंकाले २० रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले खराब सुरुवात गरे पनि विकेट किपर मुस्फिकर रहिमको शतकको मद्धतमा ४८ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २४६ रन बनायो ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका रहिमले १२७ बलको सामना गर्दै १० चौकाको मद्धतमा सर्वाधिक १२५ रन बनाए । बंगलादेशले एक छोडबाट लगातार रुपमा विकेट गुमाए पनि रहिमले अर्को छोड सम्हाल्दै एकदिवसीयमा आफ्नो आठौं शतक पुरा गरे । उनले पहिलो एकदिवसीय खेलमा पनि ८४ रनको पारी खेल्दै बंगलादेशलाई जित दिलाउन मुख्य भूमिका खेलेका थिए ।

रहिम बाहेक महमुदउल्लाहले ४१ तथा लिटन दासले २५ रनको योगदान दिए भने कप्तान तमिम इकबाल १३ तथा शकिब अल हसन शुन्य रनमा आउट भए ।

श्रीलंका दुश्मन्था चमेरा र लक्शन शानकाले समान ३-३ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending