Euro 2020

युरो २०२० का लागि इङ्ल्याण्ड टोलीको घोषणा

Published

on

इङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युरो २०२० का लागि इङ्लिस टोलीको घोषणा गरेका छन् । युरो जुन ११ देखी सुरु हुँदै छ ।

२६ देखी २३ खेलाडी सम्मको टोली बनाउनु पर्ने भए पनि साउथगेटले हालका लागि ३३ खेलाडी छानेका छन् । उनले जुन १ मा टोलीलाई घटाऊदै २६ खेलाडीमा सिमित गर्ने पनि बताएका छन् ।

इङ्ल्याण्डका लागि उनले यो पटक धेरै खेलाडीलाई मौका दिने भएका छन् । वेष्ट ब्रोमका गोलरक्षक साम जोनस्टोन पहिलो पटक प्ररम्भिक टोलीमा परेका छन् । यस्तै टोटनह्यामका एरिक डाएर, बर्नलीका निक पोप र साउथह्याम्प्टनका ड्यानी इङ्स इन्जुरीका कारण टोलीमा परेका छैनन् ।

गोलकीपरहरू: डीन हेंडरसन (म्यानचेस्टर युनाइटेड), साम जोनस्टोन (वेस्ट ब्रोमविच एल्बियन), जोर्डन पिकफोर्ड (एभर्टन), आरोन रामस्डेल (शेफील्ड युनाइटेड)

डिफेन्डरहरू: ट्रेंट अलेक्ज्याण्डर-अर्नोल्ड (लिभरपूल), बेन चिलवेल (चेल्सी), कोनोर कोडी (वुल्भ्स) बेन गोडफ्रे (एभर्टन), रीस जेम्स (चेल्सी), ह्यारी मग्वेयर (म्यानचेस्टर युनाइटेड), टायरोन मिंग्स (एस्टन भिल्ला), ल्यूक श (म्यानचेस्टर युनाइटेड), जोन स्टोन्स (म्यानचेस्टर सिटी), केबिन ट्राइपियर (एटलेटिको म्याड्रिड), काइल वाकर (म्यानचेस्टर सिटी), बेन ह्वाइट (ब्राइटन र हभ अल्बियन)

मिड्फिल्डर: जुड बेलिंगहम (बोरुसिया डार्टमन्ड), जोर्डन हेंडरसन (लिभरपूल), जेसी लिंगार्ड (म्यानचेस्टर युनाइटेड), मेसन माउन्ट (चेल्सी), काल्भिन फिलिप्स (लीड्स), डेक्लान राइस (वेस्ट ह्याम), जेम्स वार्ड-प्रोवेज (साउथम्प्टन)

फर्वार्ड: डोमिनिक कलवर्ट-लेविन (एभर्टन), फिल फोडेन (म्यानचेस्टर सिटी), ज्याक ग्रेलीश (एस्टन भिल्ला), मेसन ग्रीनवुड (म्यानचेस्टर युनाइटेड), ह्यारी केन (टोटेनहम), मार्कस राशफोर्ड (म्यानचेस्टर युनाइटेड), बुकायो सका (आर्सनल), जाडेन सान्चो (बरुसिया डार्टमन्ड), रहीम स्टर्लिंग (मन्चेस्टर सिटी), ओली वाटकिन्स (एस्टन भिल्ला)

Click to comment

Trending