Headline

बायर्नका पुर्व प्रशिक्षक फ्लिकले जर्मन टोली सम्हाल्ने

Published

on

बायर्न म्युनिखका पुर्व प्रशिक्षक ह्यान्सि फ्लिकले युरो कप २०२० पछि जर्मनीको राष्ट्रिय फुटबल टोली सम्हाल्ने भएका छन् ।

जर्मन राष्ट्रिय फुटबल टोलीलाई १७ बर्षे लामो प्रशिक्षण गरेका योआकिम लु युरो कपसँगै आफ्नो लामो राजको अन्त्य गर्ने निर्णय लिएको एक दिन पनि बित्न नपाउँदै जर्मन फुटबल संघले फ्लिकलाई नियुक्त गरेको हो ।

जर्मनीसँग सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप सम्मको सम्झौता रहेको भए पनि लुले अर्को महिना आयोजना हुने युरो पछि राजिनामा दिने भएका हुन् ।

जर्मन फुटबल टोलीसँग तीन बर्षको सम्झौता गरेका ५६ बर्षिय फ्लिकले यो निकै छिटो र अचम्ममा पार्ने गरि भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै उनले आफु जर्मनीको प्रशिक्षक नियुक्त भएकोमा खुशी पनि व्यक्त गरेका छन् । “म निकै उत्साहित छु । जर्मनी विश्वकै एक उत्कृष्ट टोली हो र यसका खेलाडीहरु युवा हुनुको साथ साथै राम्रा पनि छन् ।”

जर्मनीले सन् २०१४ को विश्वकपको उपाधि जित्दा फ्लिक सहायक प्रशिक्षक रहेका थिए । उनले सन् २०१४ देखि २०१७ सम्म जर्मनी फुटबल संघको स्पोर्टिङ निर्देशक भएर पनि काम गरेका थिए । त्यस पछि उनले जर्मन बुन्डेसलिगा क्लब हेरेका थिए ।

खराब प्रदर्शन पश्चात निको कोभाकलाई बर्खास्त गरे पछि बायर्न पुगेका फ्लिकले दुई बर्षे बसाईका क्रममा बायर्नलाई दोश्रो ट्रेबल दिलाएका थिए भने लगातार नवौं पटक बुन्ड़ेसलिगाको उपाधि पनि चुमाएका थिए ।

Click to comment

Trending